Aamsanchar

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा नेपालको सहभागिता

Author Image
बुधवार, वैशाख १२, २०७५

सुर्य खवास

युएई ।

युएईको आबुधाबीमा आज २५ अप्रीलबाट हुन गैरहेको २८ औं अन्तर्राष्ट्रिय पुस्तक मेलामा नेपाल पनि सहभागि हुने भएको छ । नेपालको तर्फबाट राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघको सहभागिता हुने नेपाली राजदुतावास युएईका द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।
आबुधाबी कल्चर एन्ड टुरिजमको आयोजनामा आबुधाबि स्थित एक्सिविसन सेण्टरमा हुने उक्त मेलामा नेपालका पुस्तकहरु स्टल ११ इ २० मा रहने छ । स्टलमा नेपाली पुस्तक, नेपालको पर्यटन सम्बन्धि पोस्टर, नेपालका पर्यटकीय गन्तव्यहरुको फोटोहरु रहने हुँदा यसले नेपालको पयर्टन प्रवर्द्धनमा टेवा पुग्ने दुतावाससका द्वितीय सचिव अर्यालले बताउनुु भयो ।
नेपाली पुस्तक र पर्यटनको प्रचारप्रसार गर्न युएईमा क्रियाशिल नेपाली संघसंस्था, व्यवसायी एवं यहाँ कार्यरत नेपालिहरुलाई प्रदर्शनीको अवलोकन गर्न दुतावासले आग्रह गरेको छ । अप्रिल २५ देखी मे १ सम्म चल्नेछ उक्त प्रदर्शनी युएईको समय अनुसार विहान ९ बजे देखी बेलुका १० बजे सम्म खुल्ला रहने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर