Aamsanchar

सबैले कर्तब्य बुझे दुर्घटना नहुने

Author Image
बिहिवार, वैशाख ३०, २०७३

trafic
बिर्तामोड, बैशाख ३०। नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रहरी– जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा जारी सडक सुरक्षा सप्ताह अन्तर्गत विहीवार बिर्तामोडमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
रक्तसञ्चार केन्द्र बिर्तामोडको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीको ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठले दुर्घटना न्यूनीकरण सरोकारवालाबीचको सहकार्यले मात्र सम्भव भएको बताए । सबैले आफ्नो कर्तव्य बुझे कुनै पनि समस्या नआउने, सडक दुर्घटना नहुने र हालको ऐन नै काफी रहेको उनको भनाइ थियो । नेपालको ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिादै श्रेष्ठले दुर्घटना न्यूनीकरणका लागि कानुनको कार्यान्वयन, अपनाउनुपर्ने सावधानी र जनचेतनाका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक इन्द्रबहादुर केसीले मानवीय सेवामा समर्पित रेडक्रसले पहिलोपटक प्रहरीसागको सहकार्यमा सञ्चालन गरेको सडक सुरक्षा सप्ताह सार्थक भएको बताए । उनले कार्यक्रमबाट सरोकारवालाहरुमा जवाफदेहीता बढेको भन्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताए ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सडक दुर्घटना रोक्न सबैको समान दायित्वबोध गर्न सप्ताह प्रभावकारी भएको बताए । ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उनले सप्ताह अन्तर्गत हालसम्म सञ्चालित कार्यक्रम र प्राप्त उपलब्धि बारे जानकारी गराएका थिए ।
कार्यक्रममा मेची यातायात संघका राजेन्द्र बस्नेत, अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, वीरता जेसीजका अध्यक्ष एवम् रेडक्रस उपशाखाका सभापति सजेश शिवाकोटी, यातायात व्यवसायी श्रीप्रसाद मैनाली, विदुर तिवारी लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । रेडक्रस झापाका सदस्य हेम खड्काले स्वागत गरेको कार्यक्रम केदार महतले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बरिष्ठ प्रहरी उपरीक्षक केदार रिजाल, ट्राफिक प्रहरीका पूर्वाञ्चल प्रमुख प्रहरी उपरीक्षक पवनकुमार गिरी, झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्री, सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, यातायात व्यवस्था कार्यालय प्रमुख जनार्दन भट्टराई लगायत सप्ताह सहआयोजक संस्थाका प्रमुख तथा प्रतिनिधि, यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिको सहभागिता थियो । यातायात व्यवसायी, मजदुर तथा सामाजिक संस्थाका प्रतिनिधिले दिएको सुझावको आधारमा यातायात व्यवस्थापनका क्षेत्रमा धेरै समस्या रहेको महशुस गरी त्यसको सुनुवाई र समाधानका लागि छुट्टै विस्तृत अन्तरक्रियाको आवश्यकता रहेको भन्दै त्यसको तयारी गर्न ट्राफिक निर्देशनालयका प्रमुख श्रेष्ठले मातहतका निकायलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा सहभागीले सवारी चालकलाई सवारी चालक अनुमति पत्र लिनुअघि नै आवश्यक प्रशिक्षण दिइनुपर्ने, सडक ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने, विद्यालय तहबाटै पाठ्यक्रमको व्यवस्था गरी ट्राफिक शिक्षा प्रदान गर्नुपर्ने, सडकमा छोडिएका चौपायालाई प्रहरीले नियन्त्रणमा लिइनुपर्ने, सडकमा राखिएका निर्माण सामग्री हटाउनुपर्ने सुझाव दिइएको थियो ।
त्यस्तै जुन गाडी जे प्रयोजनका लागि खरिद विक्री गरिएको हो सोही काममा मात्र लगाउनुपर्ने, मुख्य सडकलाई बन्दमुक्त बनाउनुपर्ने, सिटी सफारीको व्यवस्थापनमा ध्यान दिइनुपर्ने, लाइसेन्स भएका चालक धेरै विदेश गएकाले विना लाइसेन्सका चालकले सवारी चलाइरहेको हुादा योग्यलाई सहजै लाइसेन्स उपलब्ध गराउनुपर्ने, मधेश आन्दोलनको क्रममा आन्दोलनकारीको प्रहारबाट घाइते भएका यात्रु, मजदुरको उपचार खर्च व्यवस्था गर्नुपर्ने, तोडफोड भएका गाडीको क्षतिपूर्तिका लागि इन्स्योरेन्स कम्पनीसाग माग दावी गर्न प्रहरीले सहयोग गर्नुपर्ने समेत सो अवसरमा सुझाव तथा माग राखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर