ब्रह्मवैवर्त पुराण अनुसार स्त्री-पुरुषबीच शारीरिक मिलन गर्न अशुभ दिनहरु

कुन कुन् दिन स्त्री-पुरुष मिलन अशुभ?

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको उत्तम हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ ।

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्ध परहेज गरिएको छ ।

३. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो ।

४.सक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ । सक्रान्तिको दिनमा पति पत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ ।

५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ भनेको छ ।

६. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषिद्ध छ ।

७. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ ।

साभार श्राेत : राेचक खबर

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com