Aamsanchar

‘भूमिगत थिएनौं,अब भण्डाफोर गर्छौं’

Author Image
शनिवार, साउन १, २०७३

laxman basnet
लक्ष्मण बस्नेत,अध्यक्ष
सचेत नागरिक युवा समूह,झापा

सचेत नागरिक समूह र सचेत नागरिक युवा समूह एउटै संस्था हो ?
– एउटै संस्था हो । हामीले विकृति र विसंगति रोक्न मात्र दुई वटा नाम राख्नु परेको हो तर हाम्रो संस्था एउटै हो । हामीले युवा समूहको रुपमा धेरै पटक खबरदारी गर्दा पनि सुनुवाई नभएपछि अर्को नाम राखेर विकृति अन्त्यका लागि लाग्नुपरेको हो । हाम्रो संस्था नितान्त रुपमा एउटै हो र एउटै मात्र छ ।

भूमिगत शैलीमा विज्ञप्ति जारी गर्नुको कारण ?
– हामी भूमिगत थिएनौं । नाम मात्र अर्कै राखेको हो । हामीले मेची अञ्चल अस्पतालमा भएको विकृति रोक्न पटक–पटक माग गर्‍यौं तर हाम्रो मागको सम्बन्धमा कुनै सुनुवाई नै भएन । हामीले अस्पतालका मेसुलाई पत्र नै लेखेर अन्तरक्रिया कार्यक्रम गर्न आग्रह गरेका थियौं । हाम्रो मागलाई अस्पतालका डाक्टरहरुले सुनेको नसुनै गरेपछि हामीले स्वास्थ्य क्षेत्रको विकृति रोक्न बाध्य भएर यो शैली अपनाउनु परेको हो ।
हामीले समाज सुधारको अभियान चलाएका छौं । समाजमा खुल्ला रुपमा कुरा उठाउादा कसैले नसुने पछि बाध्य भएर यो भूमिका निर्वाह गरेर यो अभियानलाई तीब्रता दिएका हौं ।

विनोद शर्मा चाहिँ को हुन् ? जसको नाम बारम्बार आयो र एउटा विज्ञप्तिमा उनकै हस्ताक्षर छ ?
– बिनोद शर्मा भनेको म नै हुा । यो मेरो टाइटल नाम हो । यो विषयमा मैले अझ स्पष्ट पार्नैपर्छ किनकी हामीले सही ढङ्गले काम गर्न बारम्बार माग गर्दा पनि सुनुवाई नभएपछि टाइटल नामबाट अघि बढेका हौं । जुन विज्ञप्तिमा हस्ताक्षर छ उक्त हस्ताक्षर पनि म आफैंले गरेको हु । यसमा कसैले शंका नगरे हुन्छ ।

अनि छिट्टै सार्वजनिक भयो नि काम र संस्था त ?
– हाम्रो काम त जुन रुपमा सोचेका थियौं सोही अनुसार भएको छ । तर हाम्रो पहिचान अझै एक–डेढ वर्ष सार्वजनिक नहुने योजना थियो । पत्रकारहरुबीच असमझदारी उत्पन्न हुने अवस्था आएपछि हामी छिट्टै सार्वजनिक हुनुपर्‍यो । हामीले राम्रो कामका लागि यो शैली अपनाएका थियौं तर हामीमाथि गलत व्याख्या गरियो । यसमा दु:ख लागेको छ । पत्रकार मित्रहरुले पनि यो कुरा बुझ्नु भयो र साथ दिइरहनु भएको छ ।

भूमिगतशैली र टाइटल नाम नअपनाई यो काम गर्न सकिन्न थियो ?
– काम गर्न नसकिने होइन तर काम कस्तो गर्ने र के सुधार गर्ने भन्ने विषय मुख्य हुन्छ । हामीले निरन्तर खबरदारी गरेका हौं । तर हाम्रो कामलाई एक कानले सुन्ने अर्को कानले उडाउने गरेका कारण हामी अलिक कडा रुपमा प्रस्तुत हुनुपर्‍यो ।
हामी कडा रुपमा प्रस्तुत हुनुको अर्थ हामी कानुन भन्दामाथि छैनौं तर कानुन कार्यान्वयन गराउन निरन्तर खबरदारी गर्नका लागि हामीले यो शैली अप्नाएका हौं । हामीले खुल्ला रुपमा काम गर्दा हाम्रो माग सम्बोधन नभएपछि यस्तो गर्न बाध्य भएका हौं । जसले सुधार पनि त ल्यायो ।

संस्थाको वैधानिकता के छ ?
– हामी वैधानिक छौं । हाम्रो संस्था २०६४ सालमा नै जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको छ । तर उक्त संस्थाको नाम भने सचेत नागरिक युवा समूहमा छ । नागरिक युवा समूहका नाममा हामीले भद्रपुरको विकृति र विसंगति रोक्न धेरै अभियान समेत सञ्चालन गरेका थियौं । हाम्रो संस्था वैधानिक छ यसमा कसैले प्रश्न उठाउन जरुरी छैन ।

कतिपयको आरोप छ– के यो संस्था बी एण्ड सी हस्पिटलबाट परिचालित हो ?
– बीएण्डसी मात्र होइन त्यो भन्दा पहिले त बिर्तासीटी हस्पिटल र मेची अञ्चल अस्पतालका मेसु डा. पिताम्बर ठाकुरमार्फत हामी परिचालित भएको हल्ला पनि चलाइयो । हामी कसैबाट परिचालित हुादैनौं र हुने पनि छैनौं । हामी सार्वजनिक भएपछि केही व्यक्तिहरुले सोध्ने काम पनि गरे बी एण्ड सी को नाम जोडेर तर उक्त कुरा गलत हो । किनकी हाम्रै उजुरीको आधारमा बीएण्डसीका डाक्टर पनि छानबिनको दायरामा छन् । हामीलाई कमजोर देखाउन विभिन्न क्षेत्रबाट विभिन्न हस्पिटल र व्यक्तिको नाम जोडेर भ्रम फैल्याइएको मात्र हो । कसैले आफ्नो स्वार्थका लागि परिचालित गर्न खोज्छ भने त्यो गलत हुन्छ । हामी विकृति र विसंगति विरुद्ध निरन्तर खबरदारी गनेर्छौ ।

यो संस्थाले चलाएको अभियानबाट स्वास्थ्य क्षेत्रमा के सुधार भयो ?
– हामीले जुन विषय उठायौं । स्वास्थ्य क्षेत्रको विकृति रोक्न त्यसले राज्य कै ध्यानाकृष्ट गर्न सफल भयो । हामीले सरकारी डाक्टरहरु क्लिनिक नधाउन् र सरकारी अस्पतालमा नै बसेर काम गर्न आग्रह गरेपछि केही सुधार आएको छ । अहिले डाक्टरहरु मेची अञ्चल अस्पतालमा भेट्न थालिएको छ ।
हामीले स्वास्थ्य संस्थाको विकृति उठाएपछि विना दर्ताका क्लिनिकहरु बन्द भएका छन्, राज्यलाई कर नतिर्नेहरु करको दायरामा आएका छन्, कमिशनको खेल केही हदसम्म भए पनि बन्द भएको छ । बिरामी भारत रेफर गरेर कमिशन लिनेहरु सोच्न बाध्य भएका छन् । हाम्रो अभियानले गरेका सुधार हो यो म दावाका साथ भन्छु ।

झापामा स्वास्थ्य क्षेत्रमा कस्ता विकृति छन् ?
– झापामा स्वास्थ्य क्षेत्रका विकृतिको त कुरै नगरौं हरेक क्षेत्रमा यस्तो विकृति पाइयो की खै के भन्नु र । कमिशनको खेल, सरकारी चिकित्सक क्लिनिक धाउनमा व्यस्त, मापदण्ड विपरीत क्लिनिक सञ्चालन, औषधिमा समेत कशिनको खेल जस्ता विकृति रहेका छन्– झापाका स्वास्थ्य क्षेत्रमा । बिरामी भारत रेफर गरेर कमिशन लिनेहरु उत्तिकै भेटिए । यो त जिल्ला प्रशासन कार्यालय र औषधि ब्यवस्था विभागको टोलीले अनुगमन गर्दा नै प्रष्ट भइगयो । यदि हामीले स्वास्थ्य संस्थाको विकृतिविरुद्धको कुरा उठाएका थिएनौं भने यो विषयले प्राथमिकता नपाउन पनि सक्ने थियो ।

ती विकृति अन्त्यका लागि के छ अबको अभियान ?
– हामीले अबको १५ दिनभित्र डाक्टर, प्रशासन, पत्रकार र जनताबीचको अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य राखेका छौं । अन्तरक्रियामार्फत स्वास्थ्य संस्थाको विकृति अन्त्यका लागि कस्ता काम गर्न सकिन्छ र अब कसरी सुधार गर्न सकिन्छ भनेर अघि बढ्ने छौं ।

सार्वजनिक हुने बित्तिकै तपाईको संस्था नै फुटाउन केही मानिसहरु रातारात सक्रिय भएको पनि सुनियो नि ?
– हामीले हाम्रो आधिकारिकता सार्वजनिक गरेपछि केही राजनीतिक दलका नेताहरुले अब अभियानको अगुवाई हामी गर्छौं भनेर फोन गरेका हुन् । तर हामीले एकता प्रर्दशन गरेर भनिदियौं कि– हामी विकृति र विसंगति रोक्न पार्टीको सदस्यता समेत त्याग्न सक्छौं । हामीमाथि कसैले कु–नियत राखेर फुटाउने चेष्टा नगरे हुन्छ । हामी विकृति र विसंगति रोक्न कसैसंग सम्झौता गर्दैनौं । हामीलाई जनताको साथ छ । हामी विकृतिविरुद्ध निरन्तर खबरदारी गर्छाैं ।

तपाईहरुकै कारण पूर्वाञ्चल दैनिकको नाम मुछियो नि । आखिर पत्रिकाको कार्यालयमा त आफ्नो पहिचान बताइदिएको भए कुनै समस्या थिएन होला नि ?
– हामीले भूमिगतशैली अपनाएकाले नामहरु गोप्य राखेका थियौं । हो, विज्ञप्तिका कारण पूर्वाञ्चल दैनिकलाई अनेक आशंका गरियो । पूर्वाञ्चल दैनिकका पत्रकारले नै परिचालन गरे भन्न पनि केही व्यक्ति पछि परेनन् तर पूर्वाञ्चल दैनिक नितान्त निर्दोष छ । हामीलाई विकृतिविरुद्धको खबरदारीमा पूर्वाञ्चल दैनिक र अरु मिडियाले साथ दिएका छन् । त्यसका लागि विशेष धन्यवाद पनि दिन चाहन्छु । हाम्रो कारणले पूर्वाञ्चल दैनिकलाई अप्ठ्यारो पार्न पनि केही व्यक्ति खुलेरै लागेको पाइयो तर सत्य आखिर जहिले पनि सत्य नै हुन्छ । पूर्वाञ्चल र पूर्वाञ्चलका पत्रकार अन्तत: निर्दाेष नै देखिए । संकीर्ण सोच राख्नेहरुले मात्र यसरी लाग्ने, हिलो छ्याप्ने गर्छन् । हामीले पूर्वाञ्चलमा मात्र भए पनि पहिचान बताइदिएको भए शुरु मै विभिन्न क्षेत्रबाट हामीमाथि यो अभियान विरुद्ध दबाब सृजना हुनसक्थ्यो । यो कुरामा हामी सचेत थियौं । त्यही भएर विज्ञप्ति मेल गरेर ल्याण्ड लाइनमा फोन गरी छद्म रुपमा कुरा गरी सहयोग मागेका थियौं । यही कुरालाई तोडमोड गरी कतिपय क्षेत्रबाट आक्षेप लगाउने कार्य भयो । आखिर सत्य डग्दैन, झुटो टिक्दैन भन्ने साबित नै भयो कि आक्षेप लगाउनेहरु घुाडा टेक्न बाध्य भए ।

laxman


संस्थाले यस अघि कस्ता अभियान चलाएको थियो ?
– हामीले मेची अञ्चल अस्पतालको वेथिति रोक्न निरन्तर दबाब दिएको, सडकको सुधार गर्न आवाज उठाएको, भद्रपुरमा डम्पिङ साइड, कोल्ड स्टोर निर्माणमा भएको भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाइ रहेका थियौं । हामीले उठाएका खबरदारी विरुद्ध प्रशासनले ठाडो कान नलाएपछि छद्म शैली अपनाएर खबरदारी गरेका हौं ।

तपाईहरु स्वास्थ्य क्षेत्रको विकृति मात्र हेर्ने कि अरु क्षेत्रको पनि विकृति हेर्ने ?
– हामी सम्पूर्ण क्षेत्रमा खबरदारी गर्न तयार छौं तर क्रम बद्ध रुपमा खबरदारी गर्ने छौं । स्वास्थ्यको बेथितिपछि अबको केही समयमा नै शिक्षा क्षेत्रको विकृति रोक्न लाग्ने छौं । कन्सल्टेन्सी तथा झापामा शिक्षा क्षेत्रमा पनि ठूलो विकृति रहेको छ । जनतालाई ठग्नेहरुको पर्दाफास गर्दै अगाडि बढ्न हाम्रो संस्था लागीपर्ने छ ।

स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई केही भन्नु छ कि ?
– डाक्टरहरु जसले गलत गरेको छैन उ नडराए हुन्छ । गलत गर्नेहरु मात्र डराएका छन् । हाम्रो कारण चिकित्सक आतंकित भए भन्नु मनगणन्ते कुरा हो । सही काम गर्ने स्वास्थ्यकर्मीहरुले हामीले उठाएका कुरा सही हो भन्नु भएको छ । हामीले सरकारी अस्पतालका डाक्टरहरुले निजी क्लिनिक धाउन नपाउने कानुनमा नै छैन सरकारी डाक्टरले निजी क्लिनिक जाने भनेर अनि किन कानुनको पालना नगर्ने भनेर हामीले खबदारी गरेका हौं । हामी कानुनसम्मत ढंगबाट निरन्तर खबरदारी गर्ने छौं । डाक्टरहरुलाई जनताको ज्यानमाथि खेलबाड नगर्न आग्रह गर्न चाहन्छौं । म यस अन्तरवार्तामार्फत सञ्चारकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छु । किनकि हामीले उठाएका सवालहरुलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न पत्रकारहरुको ठूलो भूमिका छ । तर पत्रकारहरुले सत्य कुरालाई गलत अपव्याख्या गरेर भ्रम भने नछर्न आग्रह गर्दछौं । त्यसैले म समाजमा सुधार ल्याउन तपाईको कलमको ठूलो भूमिका हुने भएकाले कमलको दुरुपयोग नगर्न सबैसाग आग्रह गर्दै सहयोगका लागि विशेष धन्यवाद दिन चाहन्छु ।

प्रस्तुति: नरेन्द्र ढकाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)