चीनको चमत्कार ! समुन्द्रमा नै विश्वकै लामो पुल निर्माण

काठमाडौं ।

चीनले समुद्रमा विश्व कै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।

एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने अनुमान गरिएको छ ।

पुल निर्माणमा प्रयोग गरिएको ४ लाख २० हजार टन स्टिलले ६० वटा आइफेल टावर बनाउन पुग्ने बताइन्छ ।

यो पुल निर्माणका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरिएको छ । यसको लागत २० विलियन डलर रहेको छ । पुल निर्माणका लागि सन् २००३ मा अध्ययन थालिएको थियो । (एजेन्सी)

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com