मकालु एयरलाइन्सको विमान कर्णाली नदी किनारमा आकस्मिक अवतरण

काठमाडौं ।

सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाजमा खराबी आएपछि बाजुराको कर्णाली नदी किनारमा आकस्मिक अवरतण गरिएको छ ।

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको दुई घटनापछि कर्णाली नदी किनारमा आकस्मिक अवतरण गराइएको जानकारी प्राप्त भएको छ । विहानमा सवार चालक दलका दुई सदस्य सकुशल रहेको जनाइउको छ । जहाजको अवस्थामा बुझ्न नेपाली सेनाको टोली त्यसतर्फ गएको बताइएको छ । उक्त विमान बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । काग्रो बाकेर गएको ९एन एजेयु कल साइन भएको जहाजमा चालकदलका २ सदस्य मात्रै थिए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com