झापालाई पराजित गर्दै थ्रि स्टार फाइनलमा प्रवेश

नारायण अर्याल/गाईघाट। 

रुस्लान थ्री–स्टार क्लव उदयपुरको गाईघाटमा जारी पाँचौ उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न भएको पहिलो सेमी फाइनलमा थ्री–स्टारले झापा ११ लाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्री–स्टारको जितमा विदेशी खेलाडी मार्टिन्सले खेलको ५५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको हो । दुवै टिम वाट गोल गर्ने केहि राम्रा अवसर पाए पनि गोल गर्न भने सकेनन् । खेलको म्यान अफ द म्याच थ्री–स्टारका पिटर सेगुन घोषित भए । उनले नगद सात हजार पुरस्कार रुपैयाँ पाए ।

प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो तथा अन्तिम सेमि फाइनलमा मनाङ र सुनसरी ११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com