अर्जुनधारामा बजेट मागमा आधारित रहेर गरिनेछ

स्थानीय तहको दोश्रो चरण अन्तर्गत भएको निर्वाचनबाट अर्जुनधारा नगरपालिकाको उपमेयरमा कमला खतिवडा ( आचार्य ) निर्वाचित हुनुभयो । लामो समय शैक्षिक क्षेत्रका क्रियाशिल उहाँसँग पत्रकार सागर गौतमले गरेको कुराकानी ।

१. तपाई त शिक्षा क्षेत्रबाट आएर उप–प्रमुख सम्म बन्नुभयो अर्जुनधारालाई शिक्षा क्षेत्रमा विकास गर्ने योजना के छन् ?

म सरकारी विद्यालयको स्थायी जागिर छोडेर आएको थिए तर म उप–प्रमुख बनेर नगरका जनताको सेवा गर्ने इच्छा लाग्यो पार्टीले पनि टिकट दियो त्यसैले शिक्षा क्षेत्र छाडेर यता आएँ । मैले २७ वर्ष जनता माध्यामिक विद्यालय सहित अन्य विद्यालयमा अध्यापन गराएर समाजसेवा गरेको छु, अब झनै जनताको मन भावना बुझेर जनताको सेवा गर्नेछु । म सबैको सहकार्यमा अघि बढ्ने सोच, विचार बनाएको छु । मेरो प्रतिस्पर्धालाई पनि सम्मान गर्छु र उहाँहरुको पनि सल्लाह, सुझाव दिनुभयो लिन्छु ।

अहिले सम्म हजारौं युवाहरुलाई शिक्षित दिक्षित गराएँ, अब अर्जुनधारालाई पढाउछु, मेरो योजना भनेको मुख्य अर्जुनधारा नगरलाई ५ वर्षमा हाम्रो कार्यकालमा पूर्ण रुपमा साक्षर बनाउने हो । यहाँ शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गर्ने, आवश्यकता अनुरुपको बजेट विनियोजन गरी विद्यार्थी भर्नामा जोड दिने, सामुदायिक विद्यालयहरुको अनुगमन गरी दरवन्दी मिलान शिक्षा ऐनको आधारमा निति वनाई मिलान गर्ने, संस्थागत र सामुदायिक विद्यालयको शिक्षा निति एक रुपता दिन तालिमको व्यवस्था गर्ने सोच बनाएको छौं ।

२. अर्जुनधारामा संस्थागत र सामुदायिक विद्यालय बिचमा ठूलो ग्याप छ नि ?

म दुई दशक भन्दा बढि अध्यापन पेशामा लागेका कारण शिक्षा क्षेत्रका सबै समस्या नजिकबाट मैले बुझेको छु । मैले अध्यापन गराउँदा शिक्षा क्षेत्रमा धेरै समस्या प्रत्यक्ष देखेको छु, यहाँको समस्या समधान गर्न म मेरो कार्यकाल भर विशेष महत्व दिएर लाग्ने सोच, विचार बनाएको छु । खासगरी यस नगरपालिका सामुदायिक विद्यालय र संस्थागतको दुरी धेरै रहेको छ ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन् । जसका कारण गरिब जनताहरुको दुख गरेर नीजि विद्यालयमानै पढाउनु पर्ने बाध्यता रहेको छ । संस्थागत विद्यालय सुविधा सम्पन्न रहेका छन् । शिक्षित अभिभावकको छोराछोरी अध्ययन गर्न आउछन् भने सामुदायिक विद्यालयमा निम्न स्तर भएका छात्रछात्र आउने भएकाले त्यस्तो हुन गएको हो । सामुदायिक विद्यालयमा व्यवस्थापन तर्फ पनि कमजोर देखिएको छ । राजनैतिक प्रभावको कारणले यी दुई विद्यालयमा ग्याप देखिएको हो ।

३.उप–प्रमुखको त न्याय क्षेत्र पनि पर्छ, न्याय क्षेत्रमा चाहीँ के छ तपाईको योजना ?

म अर्जुनधारालाई गुरुयोजना बनाएर समृद्ध बनाउँने छु । अर्थविद्धको परामर्शमा आर्थिक समृद्धिमा विशेष योजना बनाउँछु । अर्जुनधारामा व्यवस्थित कर प्रणाली लागु गरेर अर्जुनधारालाई समृद्ध बनाउने हाम्रो योजना रहेको छ । न्याय क्षेत्रको बारेमा कुरा गर्दा न्याय क्षेत्रको योजना भर्रसक सबै नगरबासीमा पर्न गएको अन्यायमा निष्पक्ष न्याय दिने न्यायीक समितिले सोच बनाएको छ । भर्रसक छलफल प्रक्रियाद्धारा न्याय निरुपण गर्ने, पक्ष पक्षबीच छलफलको माध्यम चलाउने, दुवै पक्षलाई पुर्न स्थापना गदै अगाडि बढ्ने छौं ।

. तपाईले नेतृत्व गरेको न्यायिक समितिले हालसम्म कतिवटा मुद्दा मिलाई सक्नु भयो ?

हाम्रो समितिमा दर्ता भएका निवेदन जग्गा सम्बन्धिको ३७ वटा रहेका छन् , सम्बन्ध विच्छेदको १३ वटा रहेका छन् भने मेनपावर सम्बन्धीको ५ वटा रहेका छन् लेनदेन सम्बन्धीको ८ वटा गरी ६३ वटा रहेका थिए । जसमा छलफल गरी कार्यान्वयन गरिएका निवदेनहरु श्रीमान श्रीमतीको विवाद मिलापत्र ६ वटा रहेका छन् ।

श्रीमान श्रीमतीको सम्बन्ध विच्छेदका लागि अंशबण्ड, दाइजो फिर्ता लेनदेनको विवाद २ वटा सहित मेनपावर ४ वटा जग्गा सम्बन्धीको १४ वटा मिलापत्र भएको छ । जस अन्तर्गत छलफल गरी कार्यान्वयन गर्न नसकिएका विषयहरु पनि रहेका छन् । जग्गा सम्बन्धी विवाद १ वटा, सम्बन्धित पक्षलाई नामसारी नगरिदिएको अदालतबाट फैसला भएबमोजिम भोग गर्न पाउँ भनी पेश भएको निवेदन १ वटा, सम्बन्धित पक्षले भोग गर्न नपाएको विचारधिन अवस्थामा रहेका पनि छन् ।

जसमा कुखुरा पालन १ वटा, बगुर पालन १ वटा, जग्गा सम्बन्धि ७ वटा, काम कारबाही अगाडि बढाइएको तर निष्कर्ष निकाल्न बाँकी लेनदेन १ वटा रहेका छन् । अदालतमा सिफारिस गरिएका मुद्दाहरु पनि छन् । जसमा जग्गा सम्बन्धि विवाद एकवटा रहेको छ भने मुद्दा जितेपनि प्रक्रिया पूरा नगरी आएको सम्बन्ध विच्छेद ५ वटा रहेका छन् । प्रतिवादीका अनुपस्थीका कारण पुनरावेदनमा सिफारिस गरिएका मुद्दाहरु दुइवटा रहेका छन् ।

५. न्याय प्रदान गर्ने कानुनी जटिलता छन् कि ?

अध्ययन समितिलाई दिएको न्यायीक निरुपण गर्न पाउने अधिकारमा कार्यान्वयनमा लैजान अलि जटिलता भएको छ । न्याय सम्पादन गर्नेका लागि कानुनी प्रशिक्षणको आवश्यकता देखिन्छ ।

कानुनी शब्द बुझ्न गाह्रो भएको छ । अर्जुनधारामा धेरै भूभाग जग्गाको किचलो रही आएको हुँदा सर्पटनापी खडा गदै मिहिन ढंगबाट हेदै राजनैतिक दल बीचको आपसी समन्वयबाट समाधान गर्न सकिने कतिपय मुद्दाहरु नजानिएर अदालत पुगी खर्चिलो प्रक्रियाबाट निकास हुँदै आएको काम नगरबाट सहज रुपमा पक्ष–विपक्ष भएर बोक्नेहरुले पनि विवाद चुल्याइएको छ । समाज रुपान्तरण र शान्त नगर निर्माणका लागि यथार्थ र विवाद समाधान गर्ने योग्य नागरिक भए कतिपय मुद्दाहरु समाधान हुन्छन् ।

६. तपाईको नेतृत्व रहेको न्यायिक समितिले गर्ने कामबारे बताइदिनुहोस न ?

समाजमा भएका विवाद जस्तै आली धुर, वौध, पौनी चाण, ज्याला मजदुरी, नागरिकको पालनपोषण नगरको, घर बहाल नतिरेको, साँधमा रुख रोपी सदियारलाई असर पारेको, सार्वजनिक,बाटो, कुलो मिचेका, आदि निरुपण गर्ने केही समस्या छलफल गरी

७. तपाई नगरको बजेट तर्जुमा समितिको संयोजक रहनुभएको छ, आर्थिक क्षेत्रमा के छ योजना ?

गत वर्ष बजेट विनियोजन हुदाँ भन्दामा अगाडि जे देखियो त्यही अनुरुप यस वर्षको बजेटमा विनियोजन गरी सबैलाई समेटेर आवश्यकताको आधारमा मागमा आधारीत रहेर गरिन्छ ।

८. अन्त्यमा अर्जुनधारा नगरबासी महिला दिदिबहिनीहरुले आगामी दिनमा जिविकोपार्जन र ससक्तिकरणका लागि कस्ता कार्यक्रम आउने छन् ?

प्रत्येक वडामा ४ वटा विषयगत समिति बनाएको छ, त्यो समितिमा महिला दिदिबहिनीहरुलाई समेटेर ल्याइन्छ, महिला समूह बनाएर सामूहिक खेती प्रणाली तर्फ बढी जोड दिने, महिला दिदिबहिनीहरुलाई सिपमूलक तालिम दिएर व्यवसायिक बनाउने लक्ष्य छ । जसले गर्दा आफ्नो व्यवसाय बाट महिलाले आयआर्जन गर्न सक्छन् । जिविकोपार्जनमा कठीनाई नहोस भन्ने उदेश्यले कार्यक्रम अगाडि बढाइने छ ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com