प्रधानमन्त्री ओलीले भने–दुई चार डल्ला के फ्याँक्न भ्याए संसार चम्किए

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई उनीहरुको क्षमता र रुचीमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले नेपालमा क्षमतावान युवाको कमि नभएको भन्दै त्यस्ता क्षमता नेपाली युवाका लागि अवसरको मात्र खाँचो रहेको बताए ।

बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको टान कान्तिपुर हिसान एडुकेसन फेयरको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको उदाहरण दिएका छन् । सन्दीपले अवसर पाएका कारण राम्रो प्रतिभा देखाउन पाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले सन्दीप जस्तै देशमा रहेका क्षमतावान युवाको पहिचान गरी सही सदुपयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सन्दीपको नाम लिंदै युवाको क्षमताको पहिचान भए विश्वमा नाम चम्काउन कुनै अप्ठेरो नहुने बताए । उनले भने ‘दुई चार डल्ला के फ्याँक्न पाएको थियो सन्दीप लामिछाने चम्कियो। सन्दीपले क्रिकेटमा चमत्कार गरेका छन्।’ ।

उनले युवाको रुची र चाहना तर्फ नै प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउनु पर्ने बताए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com