अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?

काठमाडौं।


साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् ।

गोरेलाई भेट्न उनका बुवा नेत्रप्रसाद उप्रेती बिहीबार अदालतै पुगे । इजलासबाहिर प्रतीक्षा गरिरहेका उनलाई बयानको बिश्रामको बेला प्रहरीले गोरेसँग भेट गराइदिएको थियो ।

बुवालाई एक्कासि सामुन्ने देख्दा गोरेले खुट्टामा ढोगे । उनीहरुबीच करिब १५ मिनेट कुराकानी भयो । –कान्तिपुर दैनिकबाट

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com