झापाका तेराख र शिवशंकरलाई श्रष्टा पुरस्कार

झापा।

सरकारले यस वर्षको महाकवि देवकोटा पुरस्कार नेपाली भाषाका विभिन्न विधामा योगदान गर्ने पाँच जना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ ।

पुरस्कृत हुनेहरूमा कविता विधामा कञ्चन पुडासैनी, निबन्ध समालोचनामा तेजराज खतिवडा, आख्यान नाटकतर्फ अभि सुवेदी, बालसाहित्यमा विनय कसजू र भाषा साहित्यमा महेश्वर राय हुन् ।
मन्त्रिस्तरीय निर्णयानुसार गत वैशाख २ गते गठित विज्ञहरूको समितिले गरेको सिफारिश बमोजिम उनीहरूको नाम सिफारिस गरिएको र पुरस्कार राशि जनही एक लाख रुपैयाँ भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यसैबीच छिन्नलता गीत पुरस्कार–२०७४यो वर्ष गीतकार शिवशंकर थापा र नेपाली चलचित्रकी पहिलो महिला संगीतकार एवम् गायिका शान्ति ठटाललाई प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीको जुरीले नेपाली संगीतमा लामो समयदेखि पु¥याएको योगदानका लागि गीतकार थापा र संगीतकार ठटाललाई छिन्नलता विशेष सम्मान प्रदान गर्ने भएको हो । यो सम्मानको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

यस्तै छिन्नलता गीत पुरस्कार यस वर्ष गायनमा संगीता राना प्रधान, संगीतमा बसन्त क्षेत्री तथा गीत रचनामा ज्ञानेन्द्र गदाललाई प्रदान गरिने भएको छ । तीनवटै विधाको राशि ५१ हजार रुपैयाँ नै रहेको छ । यस्तै छिन्नलता गीत पुरस्कार भने यो वर्ष निकै चर्चामा रहेको गीत, कुटुमा कुटुका लागि गायिका मेलिना राई तथा संगीतकार राजनराज शिवाकोटीलाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ । यो पुस्कार ३५ हजार रुपैयाँ राशिको रहेको छ । पुरस्कार आउँदो साउन ७ गते विशेष कार्यक्रम गरी प्रदान गरिने छ ।

मोफसलमा रहेका गीत, संगीतका श्रष्टाहरुलाई छिन्नलता गुठीले सम्झेकोमा खुशी लागेको बताउँदै झापाको बिर्तामोड निवासी गीतकार थापाले पुरस्कार पाउनकै लागि गीत नलेखेको भए पनि गीत÷संगीतको साधना गर्नेहरुलाई पुरस्कारले हौसला प्रदान गर्ने बताए । पुरस्कार कलाको सम्मान रहेको र त्यसमा पनि नेपालबाट गरिने सम्मानले आफूलाई जहिले भावुक बनाउने गरेको अहिले दार्जीलिङमा रहेकी संगीतकार ठटालले बताइन् ।

उनले भनिन्– ‘यो सम्मान मेरा लागि सम्मान भन्दा पनि माया र आफ्नोपन हो जस्तो लाग्छ । यो कलाकार भन्ने जात निकै भावुक होइँदो रैछ । कुरा त सम्मानको हो नि तर मनभरिएर आउँछ ।’ नेपाल भन्दा बाहिर रहेर पनि नेपाली संगीतमा गरेको आफ्नो योगदानको कदरसँगै सम्मानले आफ्नोपनको पनि आभास हुने उनले बताएकी छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com