युनिकमा कविता

चारआली।

अंगे्रजी विद्यालयमा अध्ययनरत विद्यार्थीको नतिजा नेपाली विषयमा कमजोर आउन नदिने उद्देश्यले मेचीनगर–१२ को युनिक अंग्रेजी विद्यालयले शनिबार एक दिवसीय कवि गोष्ठी सम्पन्न गरेको छ ।

झापाका प्रायः सबै अंग्रेजी विद्यालयमा अध्ययनरत विद्यार्थी नेपाली विषयमा कमजोर भएको नतिजा आएपछि विद्यार्थीको नेतृत्व विकाससँगै क्षमताको विकास गर्ने उद्देश्यले युनिक अंग्रेजी विद्यालयले कवि गोष्ठीको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यका तथा कवि तेजराज खतिवडाले नेपाली भाषालाई उच्च प्रथामिकता दिंदै विद्यार्थीको मनोवल बढाउन विद्यालयस्तरबाटै कार्यक्रम गरिनुपर्र्नेमा जोड दिएका थिए ।

कार्यक्रममा साहित्यकार पुष्यप्रसाद खरेल, मिलनप्रसा ढुंगाना, मातृकाप्रसाद संग्रौला, हरिप्रसाद रिमाललगायतले आ–आफ्नो कविता, गजल तथा मुक्तक वाचन गरेका थिए । गोष्ठीमा युनिक अंग्रेजी विद्यालय, सेन्टपल्स अंग्रेजी विद्यालय र एराइभर ग्रीन अंग्रेजी विद्यालयका दजर्नौ विद्यार्थीले कविता तथा रचनाहरु प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद रिमालले जानकारी दिए ।

नारायणप्रसाद रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विष्णुप्रसाद रिमालले र सञ्चालन आश्मा पौडेलले गरेका थिए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com