मानव सहितको चुरे संरक्षण संम्भव छैन्

सामाजिक सेवा तथा वातावरण संरक्षण मञ्च, नेपाल सामाजिक क्षेत्रमा एकदशक देखि क्रियाशिल रहदै आएको संस्था हो । पछिल्लो दिनमा विरिङ नदीको संरक्षणमा यस संस्थाले आफनो ध्यान केन्द्रित गरेको छ । चुरेको संम्भावना, संरक्षण र अवसरका बारेमा पत्रकार सागर गौतमले सो संस्थाका अध्यक्ष नरेन्द्र कुमार राईसँग गरेको कुराकानीको सारसंक्षेप ।

१. अहिले सासेवा मञ्च नेपालले के गदै छ ?

विरिङ नदीाका शाखा नदीहरु टाङटिङ खोला सुखानी खोला, दहिझोडा खोला, गोयङ खोला,सानोनेते खोला, ठूलोनेते खोला, विरिङ खोला, बाघे खोला, काली खोला रहेका छन् । सासेवा मञ्च नेपालले अर्जुनधारा नगरपालिका ः १,२,३,४,५,७,८ त्यस्तै कन्काई नगरपालिकाः १,६,७,८,९ त्यस्तै वाह्रदशी गाँउपालिका ः ७, बुद्धशान्ति गाँउपालिकाः १,२ ईलाम रोङ गाँउपालिका ः ४ माई नगरपालिकाः ५ मुख्य कार्यक्षेत्र बनाई काम गदै आएको छौं ।

२. खासमा तपाईहरुको कार्यक्रमको उदेश्य के हो नि ?

अत्यन्तै राम्रो प्रश्न गर्नुभयो । हाम्रो उदेश्य भनेको नदी प्रणाली आसपासका गाँउ नगर वस्तिका चुरे भु–परिधि क्षेत्रको संरक्षण र व्यवस्थापन बारे स्थानीय समुदायमा प्रचार प्रसार गर्ने हो । जसमा नदी प्रणाली प्रभावित गाँउ,नगर,वस्तिका घरधुरीहरुको पहिचान,समुह गठन गर्ने, अन्य सरोकारवाला संघ संस्था र निकायसंग समन्वय तथा नदी प्रणाली संरक्षण सञ्जालको विधान गठन गर्न सहजिकरण एवं सबन्धित निकायमा दर्ताको लागी आवश्याक सहयोग गर्ने । जिपियस प्र्रविधिवाट नदी प्रभावित घरधुरीको नक्शाङ्कन गर्ने । नदी प्रणाली सञ्जाल तथा त्यस अन्तरगतका समूह मार्फत चुरे भु–परिध संरक्षण सम्बन्धि “विध्यालय कार्यव्रmम” समुदायमा आधारित संरक्षण वारे प्रचार प्रसार गर्ने हो । यी कामहरु हामीले गरिसकेका छौं ।

३. उसो भए चुरे क्षेत्र संरक्षणको अभियान कहाँ पुग्यो ?

झापाका ३ वटा स्थानीय तह मध्ये अर्जुनधारा, कनकाई नगरपालिका र बृद्धशान्ति, बाहद्धशी गाउँपालिकामा २७ वटा समूह गठन सहित संञ्जाल गठनको काम सम्पन्न गरेका छौं । नदी प्रभावित क्षेत्रको जिपिएस सहित घरधूरी संरक्षण गर्ने काम पनि सकिएको छ । नदीको क्षति विवरण, विद्यालय स्तरमा वन र वातावरण सम्बन्धी प्रशिक्षण, क्लब गठन गरी सकिएको छ । अब स्थानीय सरकार जिल्ला समन्वय सहित प्रदेश सरकार सँगको समन्वयमा काम गरिनेछ । चुरे संरक्षण सम्बन्धी प्रचार–प्रसारको कार्यक्रम संञ्चारमाध्यमा प्रसारण र प्रकासन गरिएको छ । चुरे प्रभावित क्षेत्रमा चुरे संरक्षण सन्देश मुलक होडिङ बोर्डको स्थापना गरिएको छ । तल्लो र उपल्लो तटमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिसकेका छौं ।

४. विरिङ नदीको संरक्षणका लागि तपाईहरुले अब के गर्नुहुन्छ ?

कामको मूल्याङ्कन, उक्त कामको प्रतिवेदन सम्बन्धित निकायमा प्रगति प्रतिवेदन पेश गरिनेछ । हामीले ठोस काम त सम्पन्न गरिसकेका छौं । केही काम गर्ने बाँकी छ, गदैछौं । हामीसँग संरक्षण गर्नेका लागि १२ लाख २ सय ८५ रुपैंया ९५ पैसा रकम रहेको छ । असार १५ भित्रमा काम सम्पन्न गर्ने लक्ष्य सहित अगाडि बढेका छौं ।

५. चुरे आफैंमा संवदेनशील क्षेत्र पनि हो, यसको दिर्घकालिन संरक्षणका लागि के गर्ने सकिएला ?

सरकारको तीव्र इच्छा शक्ति हुनुपर्छ, मानव वस्तीले असर पु¥याएको चुरे क्षेत्रमा वस्ती उठाएर त्यसको व्यवस्थापन गर्नुपर्छ । मानव सहितको चुरे संम्भव छैन् । त्यो कुरामा राष्टपति चुरे मधेस–तराई कार्यक्रम सहमत छैन् । त्यसैले जटिलता थपेको छ । हुन त चुरे राष्ट्रपति कार्यक्रमको पनि रणनिती हुन् सक्छ । हामीले पुथ्वीमा रहेको वन वनस्पति स्वर्ग हो यसलाई उपयोग गर्नुपर्छ ।

६. मानव सहितको चुरे संरक्षण संम्भव छैन् भन्नुभयो, अब के गर्ने सकिएला ?

हामी सबै एक भई वन र वातावरणलाई संरक्षण सहित प्रकृतिको संरक्षण प्रकृतिको सेवा र सूरक्षा गर्नुपर्छ । चुरे क्षेत्रलाई रिचार्ज गरी तराई–मधेसमा खानेपानीको शुद्ध पिउने पानी पाउँन सकिन्छ । त्यसैले मैले अन्तराष्टिय दातृ निकाय सँग सहकार्य गर्ने थालनी गरेको छु । विभिन्न संस्थासँग कुराकानी भैइरहेको छ ।

७. चुरे क्षेत्रको दोहन कसरी रोक्न सकिएला ?

यो दोहन निरन्तर जाँदैन । तपाई हाम्रो सबैको संरक्षण गर्ने दायित्व हुनुपर्छ । चोरलाई चौतारा साधुलाई सुली हिजोको अवस्था थियो, अब त्यस्तो हुन् दिनुहुन् भन्ने मलाई लाग्छ ।

८. तपाई त पत्रकारिता पनि गर्नुहुन्थर्यो, पत्रकारिता र सामाजिक क्षेत्रमा समर्पित भएर काम गर्दा के यो समाजमा के पाउनुभयो ?

मैले २०३५ सालदेखि मैले पत्रकारिता सुरु गरे । त्यस बेला देशान्तर साप्ताहिक पत्रिकाबाट सुरु गरेको हुँ । ४ वर्ष जति पाँचथर समाचारदाता भएर पनि राष्टिय समाचार समितिमा काम गरे । २०६१ सालमा शेर बहादुर देउवा नेतृत्वको सरकारमा प्रेस सल्लाकार भएर काम गरे । ९ वर्षजति शिव लाल सामुदायिक वनको अध्यक्ष भएर पनि वन र वातावरण क्षेत्रमा काम गरेको छु । हुनत पत्रकारिता र सामाजिक क्षेत्र एक अर्कोका परिपूरक हुन् । समाजका दर्पण हुन् । खासगरी साहिप्य र पत्रकारिता चाहि उस्तै रहेछ ।

पञ्चकालिन इतर भएर कलम चलाउने मानिसलाई क्रान्तिकारी स्वभावको मानिस मानिन्थ्यो । तत्कालीन समयमा गरीमा साहिप्य पत्रिका, साहिप्य अनुरागी जस्ता दजौनौं साहिप्य पत्रिकामा पनि कलम चलाएँ । पाँचथरमा वैरागी काइला भन्दा पछाडिको पुस्ता थामेर बस्ने साहिप्यको पारखी म पनि हुँ । संघसंस्थाको कमेन्ट पत्रकारिताले गर्छ भने पत्रकारहरुको फलोअफ संघसंस्थाहरुले गरेका हुन्छन् । सामाजिक संघ र राजनैतिक चाहि धेरै फरक विषय हुन् । सामाजिक सेवा गर्नु भनेको फूलवारीमा सवार गर्नु हो । बाँचुन्जेल सबैको भलो र राम्रो काम गर्ने सोच बनाएको छु ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com