३५ लाख मुल्य बराबरको सामाग्री कृषकलाई अनुदान

विर्तामोड, जेठ, २० ।  नगरका ५० कृषकलाई बिर्तामोड नगरपालिकाले
कृषि सामाग्री वितरण गरेको छ । आइतबार बिर्तामोड ८ स्थित गरामनीमा आयोजना गरिएको एक कार्यक्रमको विच नगरपालिकाले घरेलु बिषादी निमार्णकालागि कृषकहरुलाई कृषि सामाग्री बितरण गरेको हो ।

मेयर बिषादी मुक्त नगर कार्यक्रम अन्तरगत बिर्तामोडको २, ६,७, ८,९, र १० नं. वडाका कृषकलाई नगरपालिकाको शत प्रतिशत अनुदानमा जैविक तथा प्रांगरिक बिषादी निमार्णकालागि आवश्यक कृषि सामाग्री वितरण गरिएको थियो ।

नगरपालिकाले बिर्तामोड नगरलाई बिषादीमुक्त बनाउने अभियान अन्तरगत जैविक तथा वनस्पती बिषादी निमको झोल, पहेंलो पासो, हरित घर, प्लाष्ट्रिक मल्सीङ्ग, पुतली पासो,हाते पन्जा, कम्बाईन पावर स्पे्रयर र घरेलु बिषादी निमार्णकालागि पाँच सय लिटर क्षमताको प्लाष्टिकको टयाङ्की बितरण गरेको हो । कुल ३५ लाख बराबरको कृषि सामाग्री कृषकलाई बितरण गरिएको नगर कृषि अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए ।

नगरपालिकालाई बिषादी मुक्त नगर बनाउने योजनाका साथ थालनी गरेको अभियानमा नगर भित्रका ७५ जना कृषकले फर्म भरि निबेदन पेश गरेका थिए । जसबाट पचास जना कृषकलाई छनोट गरि कृषि सामाग्री हस्तान्तरण गरिएको कडरीयाको भनाई छ । कम्तीमा १० कठ्ठा डाँडो जमिन हुने र जमिनमा तरकारी खेति लगाउने कृषकले मात्र यो सुविधा पाउने बताईएको छ ।

कार्यक्रममा कृषि सामाग्री पाउने कृषकका तर्फबाट अमरबहादुर पौडेल, इन्दिरा पाण्डे बिर्तामोड २, ३, र १ का वडाध्यक्ष क्रमश नगेन्द्र संग्रौला, भोजराज सिटौला र अग्नि पाण्डेले आफ्नो वडाका बिषयमा बोलेका थिए ।

बिर्तामोड नगरपालिकाका प्रशासकिय अधिकृत पशुपति खतिवडा र नगर प्रमुख धुब्र शिवाकोटीले छनोट गरेर नगरको अनुदानमा बितरण गरिएको सामाग्रीलाई सहि तबरबाट उपयोग गरि कृषिमा फड्को मार्नकालागि कृषकलाई अनुरोध सहित शुभकामना दिए । बाली बिकास अधिकृत राजेन्द्र प्रसाद खरेलको सभापतित्वमा भएको थियो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com