अविगलको कथा भाग–३

नरेन्द्र ढकाल

अविगल र नवदीप एक अर्काका परिपूरक भइसकेका थिए । हुन त जति नजिक हुँदै गए उनीहरु त्यति नै एकले अर्कालाई बुझ्दै गएका थिए । अविगल नवदीपले विश्वास गुमाएको हुनाले निरन्तर उसलाई शंकाले हेर्ने गर्थी । एक आपसमा बुझ्ने र प्रेमलाई अझै फैल्याउने क्रममा एकअर्का बीच यति निकट भए कि उनीहरु अब एक पल पनि अलग हुन सक्दैनन् ।

तर, समय कहाँ एकै नासको हुन्छ । नवदीपले आफ्नो प्रेम कहानी यसरी शुरु गर्छ । म जुन सम्बन्ध गाँस्दै थिँए, त्यसले परिपक्व बनाउँदै थियो भने माया के हो भन्ने पनि बुझ्दै गएको थिएँ । अविगललाई श्रीमतीको दर्जामा राखेर मैले सिन्दुर पनि हालिसकेको थिएँ भने क्रमशः हामीबीचको समिपता बढ्दै जाँदा हामीले शारीरिक सम्बन्ध गाँस्न पुगिसकेका थियौं । असहज परिस्थितिका बाबजुद पनि एक–अर्कालाई भेट्नेक्रम हामीबीच चलिरहेको थियो ।

अविगल यति माया गर्थी कि त्यो मैले बुझ्नै सकिनँ । म लुकिछिपी अन्य केटीहरुसँग पनि बोल्ने गरेको थिएँ । एकदिन त्यसमा पनि पक्राउ परेँ । बोल्नु त हो भन्ने सम्झन्थेँ तर साँचो माया गर्ने मान्छेलाई त्यसले पनि अति धेरै पोल्दो रहेछ, पछि आफैंले महशुस गर्न थालेँ । पटक–पटक गल्ती गर्ने म विरुद्ध अविगल यति धेरै आक्रोशित हुँदै भनी कि आजबाट मेरो माया र माया गर्ने मान्छे मर्यो । तैंले कहिले पनि मलाई फोन नगर्नु । त्यसो भनेपछि बल्ल मेरो चेत खुल्यो अब मैले गम्भीर गल्ती गरेँ के गरुँ ? म यति नतमस्तक भएँ कि अब आफैंबाट आफैंलाई घृणा गर्न थालँे । पटक–पटक अविगललाई फोन गरेँ तर न मेरो फोन उठ्यो न त फेसबुकमा मैले मागेका माफहरु नै हेरियो ।
मलाई अझ पीडा भयो । जसोतसो त्यो दिन रात पर्यो । रातभरि अविगलकै यादमा छट्पटी रहेँ भोलिपल्ट बिहान उसको घरमा जाने निधो गरेँ । तर उसलाई यो कुराको सुइँको समेत दिइनँ । फोन अफ नै थियो भने फेसबुक पनि खोलेको थिएँ । भोलिपल्ट दिउँसो १ बजे उसको घरमा पुग्दा ऊ घरमै रहेको थाहा भयो । घरमा पनि एक्लै, म सरासर उसको घरभत्र छिरेँ तर ढोका बन्द थियो ।

त्यसपछि ढोका ढक्ढक्याउँदै गर्दा भित्रबाट को हो भन्ने आवाज आयो । म बोलिनँ अविगलले ढोका खोल्नासाथ छक्क परेर भनिन्– तिमी फेरि रुवाउन मेरै घर आयौं । उनको भयो भनाइले वास्तविकता बताउन गएको म शब्दविहीन भएँ । अनि सोफामा थचक्क बसेर थोरै भए पनि वास्तविकता बताउने प्रयत्न गरेँ र उसैको आग्रहमा म निस्किएँ । अविगलले कुरा सुनेको नसुनै गर्छे । त्यसपछि ढोकाबाट रुँदै निस्केको नवदीपलाई अविगलले बचनले प्रहार गर्न छाडदिन । उसले हिँडिसकेको नवदीपलाई भन्छे– सिंढी भर्खर पुछेको थिएँ चप्पल लगाएर आयौं होइन भन्ने बचन लगाउँछे । नवदीप गल्ती भयो अबदेखि केही गर्दिनँ भन्दै गहभरी आँशु लिएर बाटो लाग्छ । नवदीपले यसो भनिरहँदा मेरो पनि आँखा अनायासै रसाए । यो कस्तो माया ?

नवदीप पुनः आफ्नो कहानी शुरु गर्छ– म त्यहाँबाट निस्किए पछि झनै भावविह्वल भएँ । आफैंले आफूलाई सम्हाल्न सक्ने अवस्थामा पुगिनँ, जसोतसो आफ्नो कोठासम्म पुगँे । सामाजिक सञ्जालमा अत्यन्त निराशाजनक अभिब्यक्ति लेखेर फोन पनि अफ गरेर म सुतँे । दिउँसो सुतेकाले निद्राबाट ब्युझिँदा त रात परिसकेको रहेछ । खाना नखाएको पनि तीन दिन भएको थियो । रुदाँ–रुदाँ आखाँ पनि सुन्निएका थिए । ओछ्यानबाट जुरुक्क उठ्दा भन्न रिँगटा चल्न थाल्यो फेरि सुतेँ ।

रातभरि निद्रा लागेन । फोन राति १ बजे अन गरेँ अन गर्नासाथ म्यासेज आएको रहेछ, हत्तपत्त म्यासेज पढेँ । लेखिएको थियो–म तिमीलाई यति धेरै माया गर्छु कि त्यो अरु कसैलाई गर्न सक्दिनँ । सँगै सुत्ने श्रीमानभन्दा पनि तिमी मेरो नजिकको बनिसकेका छौं । तर, मेरा मायालाई कहिल्यै बुझेनौ । आइ लभ यु नवदीप । म तिमी बिना एक्लो हुन्छु । यो म्यासेज हेर्नासाथ मैले पनि अब कुनै पनि कुरालाई सामान्यरुपमा नलिने र तिम्रो मायालाई बाँचुञ्जेलसम्म सम्मान गर्नेछु आई लभ यु अविगल भनेर म्यासेज पठाएँ ।

साथमा लेखेको थिएँ सरी मेरो कारणले गर्दा तिम्रो आँखामा आँशु झार्नुपर्यो । माफ दिन त लायकको छैन होला । तर एकपटकलाई माफ गरिदेऊ है ल भनेर म फेरि सुतेँ ।
अविगलको यो म्यासेज पछि कति बेला उज्यालो हुन्छ र ऊसँग बोल्न पाउँछु भन्ने चिन्ताले सतायो । बल्ल बिहान ५ बज्यो, म जुरुक्क उठेँ । सायद खाना नखाएकाले होला मैले निकै कमजोर भएको महशुस गरेँ । बाथरुममा गएर नुहाँए अनि चिया पकाएर खाँए । त्यसपछि बिहान छिप्पिँदै गएपछि अविगललाई फोन गरेँ ।

उसले फोन उठाई, म रुन थालेँ । सरी भन्दै भयो त मैले माफ गरँे त अब किन त काले रोएको ? उसले त्यो भन्दा मलाई संसारले सुन्नेगरी चिच्याएर कराउँदै आइलभ यु अविगल भन्न म लागेको थियो । तर, के गर्नु ऊ अर्कैको भइसकेकी थिई । त्यो परिवार भत्काउनु हँुदैन भन्नेमा ऊ र म दुबै सहमत थियौं । नाता र सम्बन्ध जहाँ जस्तो भए पनि एक अर्कालाई प्रेम नै गर्न नपाइने त होइन नि । हामी यसरी एकछिन गफ गरेपछि मैले पनि खाना पकाएँ उसले पनि उसले पनि खाना खाएकी थिइनँ । दुबैले एकअर्काले खाना खाएको तस्वीर पठाउने सर्तमा खाना खायौँ । अनि हाम्रो माया प्रेमको कुरालाई अघि बढायौं । क्रमश…

अविगलको यति धेरै माया र शंका

सिन्दुर लगाएर पनि श्रीमतीको दर्जा नपाएकी अविगल…

 

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com