पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

खोटाङ, 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । गत जेठ ३० गते राति परेको भारी वर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो ।

ढुंगेचौतारा–हरेलोडाँडा–पाथेका हुँदै फेदकोसम्म १६ किलोमिटर सडक पहिरोका कारण जङ्गल नै बगाएर सडकमा थुपारिदिएपछि पैदल यात्रुलाई समेत बाटो छिचोल्नु समस्या भएको हो ।

डिटिएमपीअन्तर्गत २०६९ सालदेखि सञ्चालन भएको सो सडक पहिरोले अवरुद्ध भएपछि मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन बन्द भएको वडाध्यक्ष मगाधन राईले बताउनुभयो ।

पहिरोका कारण साविकको फेदी, खार्ताम्छा, पाथेका, बाक्सिला, बास्पानीलगायतका यात्रुलाई सदरमुकाम हुँदै काठमाडौँ आवतजावत गर्न समस्या भएको छ । लगातारको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com