भगवतीको ’आधासत्य’ बजारमा

अनिल वाग्ले/बुधबारे । 

लेखिका भगवती ढुंगेलको उपन्यास ’आधासत्य’ बजारमा आएको छ । सो उपन्यासलाई हालै सार्वजनिक गरिएको छ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिमोचन गरेको सो उपन्यास प्रेममा आधारित उपन्यास हो । प्रेममा आधारित उपन्यास ’आधासत्य’ आजको पुस्तालाई समेटेर जन्म दिने आमा सत्य हो अरु सबै विश्वास मात्र हो भनेर विष्लेषण गर्ने कोसिस लेखिका भगवती ढुंगेलले गरेकी छिन् ।

उपन्यास विमोचन कार्यक्रममा समाज कल्याण परिषद् उपाध्यक्ष निलमणी बराल र बरिस्ठ कथाकार माया ठकुरी, राधेश्याम लेकाली लगायतले शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा उपन्यासले पाठकलाई नयाँ कुरा दिन खोजेको भन्दै ढुंगेलको प्रशंसा गरेका थिए ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com