झापाली चेलीको ‘आधासत्य’ मा मिलन र बिछोडको समिश्रण

नरेन्द्र ढकाल/बिर्तामोड ।

साहित्यमा संयोगान्त र वियोगान्त दुवैको समिश्रण भएको उपन्यास आधा सत्यले महिलाहरुको आवाजलाई बुलन्द गर्न खोजेको छ । झापाकी चेली भगवती ढुङ्गेलले साहित्य मार्फत सत्य के हो भन्ने विषयलाई प्रष्ट पारेकी छिन् ।

राजधानीमा केही दिन अघि लोकार्पण गरिएको पुस्तक ‘आधासत्य’ उपन्यास लगायतका कृति मार्फत नारी लेखन दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । प्लस टु सम्म औपचारिक अध्ययन गरेकी साहित्यकार ढुङ्गेलले आफ्नो जीवनमा ठूलै सघंर्ष गर्नु परेको थियो । अध्ययनको शिलशिलामा धरानमा बस्दा देखि नै साहित्य तर्फ कलम चलाएपनि पर्याप्त रकम नहुदाँ आफ्ना सिर्जनाले कृतिको रुप लिन नसकेको उनको भनाई छ ।

साढे ७ वर्ष अध्यापन, साढे ५ वर्ष वैदेशिक रोजगारीमा गएर फर्किएकी साहित्यकार ढुङ्गेल भन्छिन्–मेरो जीवनमा ठूलै सघर्षहरु रहेका छन् । संगै जिउने मर्ने कसम खाएकाले छाडेर जाँदा समेत हिम्मत नहारी ३ छोरी मध्ये दुई जनालाई नर्सिङ अध्ययनका लागी अष्ट्रेलिया पठाएँ, कान्छि छोरी भर्खरै एसईई पास गरेकी छ । लेखन क्ष्मता भएपनि त्यसलाई अघि बढाउन नसकि रहेका बेला पहिलो प्रयास स्वरुप आधा सत्यलाई बजारमा ल्याएको छु यसमा यथार्थता रहेको छ ।

प्रवासमा रहेर अनेकन बाधाअड्चनको सामाना गर्दै लेखन यात्रालाई अंगाल्नु चानचुने कुरा होइन भन्दै आधासत्यकी लेखिकालले भनिन्–थोरै बचेको समयमा पनि लेदन नै गर्ने गर्थे । झापामा जन्मेकी चेलीले देशविदेशमा पुगेर पनि साहित्य र संस्कृतिलाई बिर्सनु हुँदैन भनेर आधासत्य सिर्जना गरेको र यो सन्देश देश तथा विदेशमा पु¥याउन आफु लागेको उनको भनाई छ । नयाँ प्रतिभाले नेपाली साहित्य वाङ्मय अझै धनी हुने अपेक्षा गर्न सकिन्छ ।

उपन्यास आधासत्यको राजधानीमा विमोचन गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साहित्यको क्षेत्रको श्रीवृद्धिमा आधा सत्य एउटा कोसेढुङगाको रुपमा सावित हुने बताए । मन्त्री पण्डितले लेखन कार्यमा खहरेको भेल जस्तो नभई निरन्तर रुपमा समुन्द्रको गतिमा जानु पर्ने र जस्तो सुकै परिस्थतिमा पनि सिर्जनालाई मार्न नहुने कुरामा जोड दिए ।

साहित्यकार ढुङगेलद्धारा लिखित उपन्यास आधासत्यमा प्रेम मिलन र विछोड केही सत्य केही विश्वास र केही नाटक मात्र मञ्चन भएको जीवनको तितो यथार्थलाई समेटिएको छ । प्रमुख रुपमा चार जना मुख्य पात्र रहेको यस उपन्यासले वर्तमान अवस्थामा एउटा छोरी चेलीले भोग्नु परेको दर्दनाक अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको छ ।

जीवनमा सत्य भनेको आमा र जन्म मात्र हुने भन्दै साहित्यकार ढुङगेलले कृति मार्फत भनेकी छन्–अरु सब आशा र भरोसा मात्र रहेछ । कति आशा र भरोसा पुरा हुन्छन् भने कति टुटेर जानेछन् । आधा सत्य उपन्यासको परिवेसको रुपमा कलेजको क्याटिङलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । धनाढ्य परिवारका केटाहरुले सामान्य परिवारमा हुर्केकी महिलालाई कुन रुपमा लिन्छन् र कस्ता–कस्ता आशवासन दिए कसरी दर्दनाक पिडाहरु दिन्छन् भन्ने कुरालाई साहित्य मार्फत प्रष्ट पारिएको छ ।

उपन्यासमा रहेका पात्र मध्ये केही सुरुवात वियोगान्तबाट सुरु भएर अन्त्यमा संयोगान्तमा टुङगिएको छ भने केही पात्रको सुरुवात संयोगान्तबाट सुरु भएर अन्त्यमा वियोगान्तमा टुङगिएका परिदृश्यहरुलाई समावेश गरिएको लेखिका ढुङगेलले बताइन् । अबको केही महिना भित्रै पुनःदोस्रो कृति प्रकाशन गर्ने तयारीका साथ लागेको उनको भनाई छ । वर्तमान समाजको प्रेम कहानी तथा यथार्थ बुझने हो भने आधा सत्य उपन्यास काफि रहेको उनले बताइन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com