Aamsanchar

समालोचक प्रसाईं स्मृति ग्रन्थ लोकार्पित

Author Image
बुधवार, असार २०, २०७५

बिर्तामोड।

गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानद्वारा प्रकाशित समालोचक गणेशहादुर स्मृति ग्रन्थको मंगलवार धुलावारीमा लोकार्पण गरिएको छ ।

नेपाली भाषा परिषद् सिक्किमका अध्यक्ष रुद्र पौडेलले एक समारोहकाबीच उक्त ग्रन्थको लोकार्पण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पौडेलले समालोचक प्रसाईंको योगदान समेटिएको उक्त ग्रन्थ सिक्किम लगायत भारतका विभिन्न विश्वविद्यालयमा पु¥याउने प्रतिबद्धता जनाए ।

त्रिफला राष्ट्रिय पुस्तकालयको संयोजनमा प्रकाशित सो ग्रन्थको समीक्षा कार्यक्रमका विशिष्ठ अतिथि प्रा.डा. टंक न्यौपाने र डा. वीणा हाङ्खिमले गरेका थिए । प्रा.डा. गोविन्दराज भट्टराई प्रधान सम्पादक रहेको स्मृति ग्रन्थ लोकार्पण समारोहमा मुक्ति उपाध्याय बराल, ज्ञानेन्द्र खतिवडा, पूर्वमन्त्रीहरु वीरमणि ढकाल, खगेन्द्र प्रसाईं, साहित्यकारहरु तेराख, राजन मोक्तान, सरिता चापागाई, सीपी गिरी, नरबहादुर दाहाल, बद्री देव शर्मा, प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईं, चूडामणि प्रसाईं, दीर्घराज सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष नसूह प्रसाईंको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन साहित्यकार एवम् ग्रन्थका सम्पादक पुण्य खरेलले गरेका थिए । कार्यक्रममा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले धन्यवाद ज्ञापन गरेका थिए । भारतको आसाम, सिक्किम र दार्जीलिङका विशिष्ठ साहित्यकारहरुसहित पूर्वी नेपालका क्रियाशील कवि लेखकहरुको कार्यक्रममा सहभागिता थियो ।

थोरै लेखेर धेरै प्रशिद्धि पाउने समालोचक प्रसाईंको २०७१ असार १९ गते देहावसान भएको थियो । व्यक्ति स्वार्थ र लाभबाट सँधै टाढा रहने निःस्वार्थ सेवी प्रसाईं उत्कृट नागरिक २०७०बाट सम्मानित थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर