महिनावारी सरसफाई र जानकारी

पकंज शर्मा, झापा

विद्यालय वा कयाम्पसका छात्रा हुन वा कामकाजी महिला सबैलाई पिरोल्छ महिनावारीले । रजस्वला भएसगै मानसिक तनाव महसुस गर्नै महिलाहरुलाई सरसफाईको समस्या पनि उतिकै हुन्छ । ती समस्या हटाउन किशोरीलाई महिनावारीको समयमा अपनाउनु पर्नै सावधानी र सरसफाईको विधि बारे जानकारी गराउनुपर्नै देखिन्छ ।

नर्सिगं पढदै गरेकी झापा विर्तामोडकी २० बर्षिया एक युवती पहिलो पटक रजस्वला हुदां डराइन तर, आमा र अन्य साथीहरुले महिनावारीको बारेमा जानकारी दिएपछि उनी ढुक्क भइन । अहिले उनी महिनावारीको समयमा अपनाउनु पर्नै विधिको बारेमा अरुलाई सिकाउछिन ।

महिनावारीको बारेमा कुरा गर्न प्राय किशारीहरु लजाउछन तर बाल क्लबमा सक्रिय नेहाका अनुसार बिद्यालयमा नै प्याडको उपलब्ध गराइ दिएर महिलाले दिने व्यवस्था भए राम्रो हुने भन्छिन ।

पछिल्लो समयमा झापामा महिला तथा बालबालिका कार्यालयले महिनावारीको समयमा अपनाउनु पर्नै सावधानी र सचेतना बारे कार्यक्रम चलाउन थालेको छ । आय स्रोत नभएका तथा ग्रामिण महिलाहरुले सेनेटरी प्याड प्रयोग गर्न मुस्किल पर्छ । आर्थिक अवस्था कमजोर भएका महिलाहरुले घरमै पनि सूतीका कपडालाई सफा गरी प्याडका रुपमा प्रयोग गर्न सकिने मेची अंचल अस्पतालकी स्टाफ नर्स सिता भण्डारीको सुझाव छ ।

महिनावारीलाई कुनै दोषको रुपमा नभई नियमित प्रक्रियाको रुपमा लिन थालिएको छ । यसलाई अझै व्यापक रुपमा सचेतना फैलाउनु पर्नै मेची अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुर बताउनुहुन्छ ।

विश्वमा २८ मे महिनावारी सरसफाई दिवस मनाउने गरिन्छ । महिलालाई आफनो जिवन चक्रमा सरदर ३००० दिन महिनावारी हुने गर्दछ । शिक्षा विभाग २०१३ को तथ्याकं अनुसार नेपालमा ६९ प्रतिशत विद्यालयमा छात्राको लागि छुटट्ै शौचालयको व्यवस्था छ भने,् ८० प्रतिशत विद्यालयमा छात्र र छात्राले एउटै शौचालय प्रयोग गर्नै गरेका छन् ।

२०११ को जनगणना अनुसार नेपालमा हाल १करोड ४३ लाख भन्दा बढि महिला १३ देखि ४९ बर्ष समुहका छन् । तराईमा ७३ प्रतिशत र पहाडमा ६२ प्रतिशतलाई महिनावारीको विषयमा जानकारी रहेको छ । महिनावारी भएको समयमा शौचालयको प्रयोग तराईमा ८१ प्रतिशत र पहाडमा ८४ प्रतिशतले प्रयोग गर्नै गरेका छन् ।

महिनावारी बारे समस्या तथा चुनौती

सबै विद्यालयमा अपागंमैत्री र लैगिंकमैत्री शौचालयको अभाव ।

शौचालय भएका ठाउमा पानी र सरसफाईको अभाव ।

छात्रा शौचालयमा इन्सीनेरेटरको व्यवस्था गरिएकोमा जलाउदा समुदायबाट दुर्गन्धित भएको गुनासो ।

महिनावारी विभेद र छौपडी प्रथाका चुनौतीहरु ।

स्पष्ट कानुन नहुनु । भइरहेको छौपडी सम्बन्धी निर्दैशिकाले दोषी किटान नगर्नु ।

भएका कानुनबारे जानकारी लक्षित वर्गसम्म नपुग्नु ।

धामी, झाक्री, पुरोहित लगायतलाई लक्षित गरी कार्यक्रम गर्न नसक्नु ।

सेवामा पहुच नहुनु , चेतनाको अभाव र सामाजिक कुरुतिको कारणले अझै कतिपय किशोरीहरुले महिनावारीको समयमा हिनताबोध गर्नै गरेका छन् ।

सरसफाईसगं समेत जोडिएको यस विषयमा सम्बन्धित सरकारी निकाय तथा सघं संस्थाले महिनाबारी स्वास्थ्य व्यवस्थापनमा राज्यले कस्तो नीति बनाउनु पर्दछ भन्ने सन्दर्भमा नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालय र वाटर सप्लाई एण्ड सरसफाई सामुहिक परिषद (डब्लु. एस .एस. सि.सि.) नामक संस्थाले गरेको कार्याशाला गोष्ठीमा विभन्न बहसहरु गरिएका थिए ।

नगरकोटमा रहेको खानेपानी तथा ढलनिकास संग सम्वन्धीत तालिम गृहमा २०७३ माघ २७ र २८ गते भएको लगभग १०० सम्वन्धीत विज्ञहरुको कार्याशाल गोष्ठिमा लेखकको पनि सहभागिता रहेको थियो ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com