Aamsanchar

गोविन्द केसीमाथि सुन्दरमणि दीक्षितले लगाए आरोप–आफूचाँही जुन बेला पनि सुतेर मात्रै बस्ने ?

Author Image
शनिवार, असार २३, २०७५

काठमाण्डौ ।

नागरिक समाजका अगुवा तथा समाजसेवी डा. सुन्दरमणि दीक्षितले गोविन्द केसीले भनेजस्तो काठमाण्डौमा १० वर्षसम्म मेडिकल कलेज खोल्नु हुँदैन भन्ने कुरा जायज नभएको बताएका छन् ।

काठमाण्डौमा मेडिकल कलेज नहुँदा नेपाली विद्यार्थीहरु विदेशमा गएर लाखौँ खर्च गरेर पढ्नुपर्ने बाध्यता निम्तिने उनको तर्क छ ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दीक्षितले माथेमा आयोगको प्रतिवेदनमा भएका सबै कुरा व्यवहारिक नभएको जिकिर गरे ।

“माथेमा आयोग भन्यो, ५,६ जना बसे, अनि ल काठमाण्डौमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने भन्दिए । यसरी कहाँ हुन्छ ?” दीक्षितले प्रश्न गरे । डा. गोविन्द केसी १५ औँ पटकसम्म अनशन बस्दासम्म कुन माग सही र कुन गलत भनेर छुट्टयाउनै कठिन भएको दीक्षितले बताएका छन् ।

केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि सुरुवाती चरणमा राखेका माग र अहिले राखेका मागमा धेरै अन्तर भएको दीक्षितले बताए । परिस्थिती र माग फेरिएको अवस्थामा सरकार भने दुई तिहाई बहुमतको भएकाले सही समयमा सही निर्णय गरेर समस्या समाधान गर्ने बेला भएको उनको तर्क छ ।

गोविन्द केसीले भनेको कुरा सारा राष्ट्रले नै मान्नुर्पछ भन्ने कुरा उचित नभएको दीक्षितको भनाई छ । केसीप्रति आक्रोषित देखिएका दीक्षितले भने, “जथाभावी अनशन बस्दै हिँड्ने, उनले चाँही आफ्नो काम गर्नुपर्छ कि पर्दैन ? आफूचाँही जुन बेला पनि सुतेर मात्रै बस्ने ।” साभार रिपोर्टस नेपाल बाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर