Aamsanchar

टेलिफोन र इन्टरनेटको मूल्य बढ्दै, सेवा भने सुस्तको सुस्तै

Author Image
आइतवार, असार २४, २०७५

काठमाडौं २४ असार । आगामी साउन १ गतेबाट टेलिफोन र इन्टरनेट सेवा शुल्कमा मूल्य वृद्धि हुने भएको छ । नेपाल टेलिकम र निजी क्षेत्रबाट सेवा प्रदान गर्दै आएको एनसेलले नै कल र इन्टरनेट सेवाको मूल्य वृद्धि गर्न लागेको हो ।

सरकारले दूरसञ्चार शुक्लकमा वृद्धि गरेसँगै इन्टरनेटमा पनि मूल्य वृद्धि हुने भएको हो । साउन १ गतेबाटै इन्टरनेट सेवाप्रदायहरुले पनि मूल्य वृद्धि गर्न लागेको छ । इन्टरनेटमा पहिलेको मूल्यको तुलनामा करिब १४।३ प्रतिशतले वृद्धि गर्ने तयारी गरेको छ । टेलिफोनमा भने ३ प्रतिशतसम्म वृद्धि हुने छ ।

यस अघि सरकारले टेलिफोन सेवा प्रदायकहरूमा मात्रै कर लगाएको थियो । अब इन्टरनेट सेवाप्रदायकहरुमा पनि कर लगाउने सरकारको तयारीले इन्टरनेटमा ज्यादा मूल्य वृद्धि हुने देखिन्छ । यसअघि टेलिफोनमा ११ प्रतिशत शुल्क कायम रहेको अब बढाएर १३ प्रतिशत पु¥याउने तयारी गरेको छ । इन्टरनेटको पनि सोही अनुसार कामय गर्ने तयारी गरेको छ ।

यो भन्दा पहिले सरकारले टेलिफोनमा मात्रै शुल्क लगाउँदै आएको थियो । मूल्य वृद्धि भएसँगै सबैमा भ्याट पनि लाग्ने छ । सरकारको बजेटमार्फत इन्टरनेट सेवामा पनि दूरसञ्चार सेवा शुल्क लिन थालेपछि इन्टरनेट सेवा प्रदायकहरूले यसको विरोध गरेको थियो । तर, सरकारले वास्ता नगरेपछि इन्रनेट सेवा प्रदायकहरूले उपभोक्ताबाट नै असुल्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर