Aamsanchar

स्वास्थ्य बिमा कार्यक्रम : औषधी नपाएपछि सेवाग्राहीलाई थप सास्ती

Author Image
सोमवार, असार २५, २०७५

बिर्तामोड । 

सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम सेवाग्राहीका लागि सास्ती मात्र भएको छ । सेवाग्रहीले नीजि क्लिनिकमा कार्यारत डाक्टरको सिफारीस बमोजिमको औषधी नपाएपछि सेवाग्राहीले झन् सास्ती पाएका हुन् ।

‘बोनसमा पाइने औषधी मात्र राख्ने गरेको छ, एकजना औषधी ब्यवसायीले भने–‘जुन औषधीमा बोनस कम हुन्छ त्यो यस्ता फार्मेशीमा पाइदैन ।’ स्वास्थ्य बिमा गरेका सेवाग्राहीले नीजि क्लिनिकले सिफारीस गरेका औषधी उपलब्ध नगराउने उनले बताए । यद्यपी बोल्न सक्ने सेवाग्राही भए दुइचार दिनमा उपलब्ध गराउने गरेको एकजना सेवाग्राही खगेन्द्र आचार्यले बताए ।

स्वास्थ्य बिमा गरेका सेवाग्राही औषधी लिन जाँदा फार्मेशीले अर्कै औषधी दिएर पठाउने गरेको पाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कार्यारत कर्मचारीले शनिश्चरेमा त्यसरी अर्कै कम्पनिको औषधी दिएर पठाउने गरेका हुन् ।बिमा गरेका सेवाग्राहीका लागि औषधीको मुल्य औषधी ब्यवस्था बिभागले तोेकेको हुन्छ । फार्मेसीले बिभागले तोेकेको मुल्य बढी भए सोही अनुसारको शुल्क चढाउने गरेको अर्का सेवाग्राही धनपति गड्तौलाले बताए ।

उनले औषधीको मुल्यभन्दा बिभागले तोकेको मुल्य कम भए औषधीको मुल्य अनुसारको रकम असुलेको गुनासो गरे । ‘आमालाई औषधी लिन गएको थिए, ७५ रुपैयाँ थप्न लगाए, बाहिरभन्दा महङगो मुल्य लिएको बताउँदै उनले अर्को पटकदेखि बिमा नगर्ने बताए ।

स्वास्थ्य बिमा मार्फत पाइने औषधी सस्तो भएका कारण कतिपय औषधीले बिरामी निको नहुने गरेको पाइएको छ । ‘टेण्डर आह्वान गर्दा सबैभन्दा सस्तो मुल्यमा जसले कोटेशन हाल्छ त्यसैको टेण्डर स्विकृत गराइने गरेको छ, स्रोतले भन्यो ‘सस्तोको पछिमात्र लागेपछि कसरी बिरामी ठिक हुन्छ ।’ टेण्डर प्रक्रियादेखि नै गलत काम हुने गरेकाले सरकारी स्वास्थ्य बिमा असफल हुने दिशातिर लागेको बताइएको छ ।-ब्लाष्टखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर