Aamsanchar

अब आउने विवाहमा निशुको गितले विहेघर तताउने (भिडियो)

Author Image
सोमवार, असार २५, २०७५

अनिल वाग्ले/झापा,

गायिका निशु ढकालले नयाँ गित बजारमा ल्याएकी छिन् ।

‘दाईको विहेमा जन्ति जाने हो’ बोलको गित उनले हालै बजार ल्याएकी हुन् । आप्mनै दाजुको विवाहमा सुटिङ गरेर उनले गित सँगै म्युजिक भिडियो पनि बजारमा ल्याएकी हुन् ।

झापा बुद्धशान्तिकी गायिका निशुले म्युजिक भिडियोमा पनि सोहि ठाउँका मोडललाई म्युजिक भिडियोमा प्रस्तुत गरेकी छिन् । नविनकुमार तिम्सिनाको लिरिक्स,म्युजिक र एरेन्जमा रहेको सो गित विवाह लक्षित गित हो । सो गितले अब धेरैका विवाहमा स्थान पाउने छ ।

सो डान्सिङ गितमा क्यामेरा सुनिल साहीको रहेको छ भने मोडलहरुमा सामारिका ढकाल, नम्रता ढकाल, एलिशा प्रसाई, तपश्या प्रसाई, कृति पौड्याल र मनिषा चौलगाई देखिएका छन् ।

https://www.youtube.com/watch?v=c5NUdrmbzXk&feature=youtu.be

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)