Aamsanchar

झापा ५० औ पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

Author Image
बिहिवार, असार २८, २०७५

झापा । 

जिल्ला खोप समन्वय समिति तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ५० औ जिल्लाको रुपमा झापालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भनि घोषणा गरेका छन् ।

मुख्यमन्त्री शेरधन राई र खोप समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले पूर्ण खोप सुनिश्चिता जिल्ला भनि घोषणा गरेका हुन् । २०७२ बैशाख ९ गते साविक धाइजन गाविसबाट पूर्ण खोप सुनिश्चिता घोषणा सुरु गर्दै विगत चार बर्षको अवधिमा झापालाई पूर्ण खोप सुनिश्चिता जिल्ला गर्न सफल भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुृख मधुसुदन कोइरालाले जानकारी दिए ।

उनका अनुसार विसिजी खोपतर्फ ९९.९ प्रतिशत, डिपिटी हेप बी हिब खोपतर्फ ९१.२ प्रतिशत, दादुरा रुबेला खोपतर्फ ८७.५ र जनपानजिज इन्सेफलाइटिस खोपतर्फ ८५.९ प्रतिशत चालु आर्थिक बर्षमा प्रगति भएको छ ।

जिल्लाको हकमा पूर्ण खोप ९० प्रतिशत लक्ष्य पूरा भइसकेको छ । चालु आर्थिक बर्षमा साविक नगरपालिका र गाविसका १७ हजार ३६० बच्चाहरुलाई खोप लगाई र छुट भएका २०६ जनालाई फेरी खोप लगाई नेपाल सरकारको लक्ष्य अनुसार पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकेको उनले बताए ।

साथै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणामा सहयोग पुर्याउने झापाका १५ स्थानीय तहसहित स्वास्थ्य संस्था, विद्यालय, पत्रकार महासंघलाई समेत प्रशंसापत्रले सम्मानित गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर