Aamsanchar

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला

Author Image
बिहिवार, असार २८, २०७५

विराटनगर, 

यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ ।

जिल्ला खोप समन्वय समिति मोरङको आज यहाँ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लाका १५ महिना उमेर पुगेका सबै बाबालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सकिने बालस्वास्थ्य विभाग महाशाखाका भरत भण्डारीले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलका अनुसार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।

मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । अहिलेसम्म मुलुकका ५० वटा जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर