Aamsanchar

फिफाले भन्यो, सुन्दरीको फोटो धेरै नखिच्नूस्

Author Image
शनिवार, असार ३०, २०७५

काठमाण्डौं ।

रसियामा जारी विश्वकपमा अब दुई खेल बाँकी छन्, फाइनल र तेस्रो स्थानका लागि। विश्वकपमा स्टेडियममा रहेका सुन्दरीहरूले दर्शकको ध्यान तानिरहेका छन्।

तर खेलको दौरान कामुक देखिने युवतीहरूको फोटो लिनमा बढी ध्यान केन्द्रित गरेको भन्दै क्यामेराम्यानहरूलाई यस्तो ग्यामर फोटो नखिच्न फिफाले आग्रह गरेको छ। फिफाले महिलामा बढी क्यामेरा फोकस गर्ने प्रसारकहरूलाई चेतावनीसमेत दिएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

‘खेलको दौरान हट महिला प्यानमाथि ज्यादै फोकस गरेका छन्। धेरै फोटो लिइरहेका छन्ु, फिफाले भन्यो, ुयस्तो गर्न हुँदैन।ु फिफाका अनुसार यसले लैंगिक विभेद पनि भएको छ। भेदभावको विरुद्ध काम गर्ने समूह फेयर नेटवर्कले पनि रुसमा लैंगिक भेदभाव ठूलो समस्या भएको बताएको छ।

लाइभ खिचिरहेका अक्सर क्यामेरापर्सनहरू अक्सर अति राम्रा र ग्ल्यामरस महिलालाई धेरै ‘फोकस’ गर्छन्। फिफाले रंगाशालामा उपस्थित पुरुष महिलाका समान भिडियो प्रसारण गर्न आग्रह गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर