जीवनका भोगाई पूर्ण सत्य सबैले मानेको अवस्थामा, साहित्यकार भगवती ढुङ्गेलले लेखिन आधासत्य ।

बिर्तामोड । साहित्यकार भगवती ढुङ्गेलद्धारा लिखित उपन्यास ‘आधासत्य’ झापामा सार्वजनिक गरिएको छ ।

राजधानीमा केहि साता अघि लोकार्पण गरिएको उक्त उपन्यासको शनिबार विर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा ‘आधासत्य’ उपन्यासकी लेखक भगवती ढुंगेल, शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख जनक खड्का, लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराई, पत्रकार दिपिन राई लगायतको आतिथ्य रहेको थियो ।

लेखक ढुङ्गेलले प्रेम मिलन र विछोड केही सत्य केही विश्वास र केही नाटक मात्र मञ्चन भएको जीवनको तितो यथार्थलाई उपन्यास समेटिएको उपन्यासमा चार जना मुख्य पात्र रहेको बताइएको छ । यस उपन्यासले वर्तमान अवस्थामा एउटा छोरी चेलीले भोग्नु परेको दर्दनाक अवस्थालाई चित्रण गर्ने प्रयास गरिएको बताएकी छिन् ।

प्रेममा आधारित उपन्यास ‘आधासत्य’ आजको पुस्तालाई समेटेर लेखिएको छ । उक्त पुस्तक जन्म दिने आमा सत्य हो, अरु सबै विश्वास पात्रमात्र हो भनेर विश्लेषण गर्न खोजिएको लेखिका ढुंगेलले बताइन् ।

पुस्तक बिक्रिबाट आएको रकम अनाथ तथा अपाङ्गता भएका बाल बालिका लाई सहयोग गर्ने समेत प्रतिबद्धता जनाएकी छिन् ।

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com