Aamsanchar

बेल्जियमसँग विश्वकप २०१८ मा दुईपटक पराजित भयो इंग्ल्यान्ड

Author Image
शनिवार, असार ३०, २०७५

एजेन्सी ।

बेल्जियमले विश्वकप २०१८ को  तेस्रो स्थान सुनिश्चित गरेको हो। तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो।

शनिबार राति भएको खेलमा बेल्जियमसँग २-० गोल अन्तरले पराजित हुँदै इंल्यान्ड भने विश्वकप २०१८ को चौथो स्थानमा रह्यो।  बेल्जियमलाई जीत दिलाउनका लागि खेलको चौथो मिनेटमा थोमस म्युनिएरले र ८२ औँ मिनेटमा इडेन हाजार्डले गोल गरेका थिए।

इंग्ल्यान्डले भने केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेन र विश्वकपको अन्तिम खेलमा गोलरहित पराजित बन्न पुग्यो।  यो विश्वकपमा बेल्जियमले इंग्ल्यान्डलाई दुईपटक पराजित गरेको थियो।

बेल्जियमले समूह जी को खेलमा इंल्यान्डलाई १-० ले पराजित गरेको थियो। हाजार्ड खेलको म्यान अफ द म्याच बनेका थिए। सेमिफाइनलमा बेल्जियम फ्रान्स र इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएका थिए।

विश्वकप फाइनलमा भने फ्रान्स र क्रोएसिया पुगेका छन्। विश्वकप फाइनलको खेल आइतबार हुनेछ। नेपाली समय अनुसार विश्वकप फाइनल आइतबार राति पौने ९ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर