Aamsanchar

बलियो फ्रान्स, नौलो क्रोएसियाः को बन्ला च्याम्पियन ?

Author Image
आइतवार, असार ३१, २०७५

एजेन्सी ।

विश्वकप फुटबलको महाकुम्भ आइतबार सकिँदैछ। रसियाको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि फाइनल खेल हुँदैछ।

फाइनलमा युरोपेली टोलीहरु फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन्। २० वर्षअघि घरैमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई सेमिफाइनमा हराएको थियो।

त्यसबेला फाइनलमा इटालीलाई हराउँदै फ्रान्सले पहिलो पटक विश्वकप जितेको थियो। यसपछि फ्रान्स पछिल्लो २० वर्षमा चार ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ। उसको विश्वकपको फाइनलको यात्रा यस पटक तेस्रो हो। २० वर्षअघि फाइनलमा पुग्ने क्रोएसियाको बाटोमा फ्रान्स बाधक बनेको थियो।

त्यही हारको बदला लिँदै मुलुकका लागि पहिलो पटक विश्वकपको उपाधि दिलाउनु क्रोएसियाली टिमका लागि अवसर भएको छ।  फ्रान्सले बेल्जियमविरुद्धको सेमिफाइनलमा १–० को जित हासिल गरेको थियो। जहाँ स्याम्युयल उम्टिटीले हेड गोल गरेका थिए। घरेलु मैदानमा फ्रान्सले सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग पराजय ब्यहोरेको थियो।

तर, फ्रासेली टोली यस पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ। जुन २० वर्षअघि उनीहरुका प्रशिक्षकले हासिल गरेका थिए। यद्यपि उनीहरुका लागि लुज्निकी रंगशालामा मानसिक दवाव थेग्नुपर्ने चुनौती भने छ। इंग्ल्याण्डलाई अतिरिक्त समयमा पराजित गरी क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो।

एक शून्यले पछि परेको स्थितिमा पुनरागमन गरी क्रोएसियाले खेललाई १२० मिनेटसम्म लम्ब्याएको थियो। क्रोएसियाली कप्तान लुका मोड्रिच जारी विश्वकपमै एक शनशनी स्टारको रुपमा देखिएका छन्। पछिल्लो तीन सिजनमा रियल मड्रिडका लागि लगातार च्याम्पियन्स लिगको उपाधि जितेका उनी क्लब स्तरका ठूला प्रतियोगिताबाट अनुभवसिद्ध छन्।

आइतबार राति रसियाको लुज्निकी रंगशालाबाट जर्सीमा अर्को तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्योभन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पका लागि छ। फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउने छन, जुन यसअघि मात्र दुई जनाले हासिल गरेका छन्।

सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए, कप्तानका रुपमा डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले क्रोएसियाविरुद्ध अचुक रणनीति बनाउँदैछन्। किन भने उनलाई जसरी पनि जित्नुछ र इतिहासमा तेस्रो व्यक्ति बन्नुछ। जसले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्न सकेको होस्।

४९ वर्षीय डेसच्याम्प सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा टोलीका कप्तान थिए। उनको नेतृत्वमा साविक विजेता ब्राजिललाई फाइनलमा ३–० ले हराएर फ्रान्सले इतिहास कायम गरेको थियो।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर