महिनावारी र छाउँगोठ सामु निरीह जिन्दगी

हिमा रसाईली शंकर

समाज रुपान्तरण गर्ने भनेर ठुल्ठुला आवज सुनिरहेको वेला यही रुपान्तरण गर्ने भनिएको समाजको आधा हिस्सा रहेका महिलाहरु माथी दिनहँु बजारिएको बजं्रपातले शुन्यता छाए जस्तो लाग्छ ।

लोकतान्त्रिक देशका स्वतन्त्र नागरिक हौं भन्छौ भन्नलाई त तर यही लोकतान्त्रिक देश भित्र अझै पनि महिलाहरु हरेक बहाना अनि बाध्यताको अंकुशले झेलिएर बस्न विवश छन् । लोकतान्त्रिक देशको मुख्य भुमिका आम जनताको जीवनको रक्षा गर्नु स्वतन्त्र तथा सम्मानका साथ बाँच्न पाउने अधिकारको प्रत्याभुत गर्नु हो तर बिडम्बना यहाँ अभैm पनि महिलाले आफ्नो सम्मानका साथ बाचन पाउने आधारभुत अधिकार बाट समेत बञ्चित छन् ।

अभैm पनि हाम्रो समाजमा महिलाहरु कहिले बोक्सीको आरोपमा मरेका छन् त कहिले दलित भएकै कारण मारीएका छन् त कहिले मानब अस्तित्वको मेरुदण्डको रुपमा रहेको महिनावारी जस्तो प्राकृतिक कुरालाई छुन नहुने भन्ने मानसिक्ता बोकेका ढोंगी समाजको लागी छाउँगोठमा बलेको अदृश्य दनदनी आगोमा आफ्नो अमुल्य जीवनलाई आहुती दिन बाध्य भएका छन् त कति महिलाले त्यही छाउँगोठमा आप्mनो अस्मिता गुमाएका छन् । यसको पछिल्लो दृष्टान्त छ अछामकी १८ बर्षीया किशोरी पार्वती बुढाको ।

जसले महिनावारी जस्तो सामान्य प्राकृतिक कुरामा पनि छाउँगोठमा बस्दा सर्पको डसाइले उनको यो अद्धितिय जिन्दगीलाई छाउँगोठमा पुर्ण विराम लगाएको थियो । अछामको यो घट्ना सेलाउन नपाउदै सुर्खेतकी १५ बर्षीय किशोरी त्यहि छाउँगोठमा सामुहिक बलात्कारको शिकार भएकि छन् । यी दुई किशोरी त प्रतिनिधि पात्र मात्र हुन् यसरी नेपालको सुदुर पुश्चिम र मध्यपश्चिमका करिव २१ ओटा जिल्लामा महिलाहरु अझै पनि छाउँगोठ सामु निरीह जीवन जिउन बाध्य छन् ।

एक तथ्यांक अनुसार २०६३ साल यता मात्र छाउँगोठमा १३ जना किशोरीले तथा महिलाले आषm्नो जिवनलाई पुर्णविराम दिएका छन् । त्यसैगरी त्यही छाउँगोठमा धेरै महिला तथा किशोरी यौन हिसांमा परेका छन् । हुन त सर्वोच्चले १३ बर्ष अघि नै सरकारलाई छाउपडी प्रथा अन्त्य गर्न कानुन बनाउन आदेश दिएको हो र त्यसै अनुरुप कानुन बनिसकेको छ र कार्यन्वयनमा आउने प्रक्रियमा छ तर कानुन बन्ने अनि कार्यन्वयनमा फितलो हुने हाम्रो कु–सस्कृतिबाट टाढा रहला भन्ने अवस्था चाहीँ छैन । तर जवसम्म महिनावारीलाई छाउपडी दृष्टिकोण अर्थात् छुन नहुने भन्ने निच सोच बाट माथि उठ्न सकिन्दैन तव सम्म समाज रुपान्तरण र परिवर्तको भाषण र दस्तवेजको के अर्थ र ?

यसरी सीमित क्षेत्रमा मात्र जरो गाडेर रहेको छाउपडी प्रथालाई निर्मुल पार्न नसक्नु देशकै लज्जास्पद विषय हो । छाउपडी अन्त्यका लागी कहिलेसम्म र्निविल्कप भएर बस्ने ? अव विकल्पहरु खोजीनु जरुरी छ अनि कार्यन्वयन हुनु जरुरी छ ।

त्यसैले छाउपडी प्रथाको अन्त्यको लागी चेतनाको विकास गरिनु जरुरी छ ।हाम्रो जस्तो पृतीसतात्मक देशमा छाउपडी अन्त्यमा मुख्य रुपमा पुरुषको मानसिकतामा महिनावारी सामान्य प्राकृतिक प्रक्रिया हो भन्ने बुझाउन सक्नु पर्छ तव केहि फड्कोको सुरुवात गर्न सकिन्छ । छाउपडी विरुद्ध आवाज उठाउने अनि व्यवहारमा लागु गर्ने पूरुष र उनका परिवार लाइ स्थानिय सरकारले सम्मान गरेर छाउँपडि विरुद्ध बोल्नु लाई सम्मान र इज्जत सँग जोडिदिनु पर्ने देखिन्छ । स्थानिय विद्यालयका छात्र तथा छात्राको अभिभावकलाई प्रत्येक अभिभावक भेलामा महिनावारी सम्बन्धि चेतना विकास हुने विभिन्न कार्यक्रम आयोजना गरि महिनावारी भएका वेला छोरीलाई घरैमा राख्ने अभिभावकलाइ सम्मान गरेर लोभ्यनुपर्ने देखिन्छ ।

हुन त अहिले स्थानिय देखि राष्ट्रिय राजनिति अनि कर्मचारी सम्म महिलाको संख्या तथा भुमिका बढ्दो छ । यहि बढ्दो भुमिकालाई छाउपडी प्रथा विरुद्ध सदुपयोग गर्न आवश्यक देखिन्छ ।

त्यस्तै देशको सघिंय संरचनाको पद्धतीलाई सदुपयोग गर्दै स्थानिय संरचना जस्तै गाउँपालीका तथा नगरपालीका आदिमा रहेका महिला प्रमुख अर्थात नगरउपपंंं्रमुख ,गाउँपालीका उपाध्यक्ष आदिको नाममा सेनेटरी प्याड वितरण तथा प्रयोगलाई गुरुयोजानाको रुपमा अघि सारि कार्यन्वयन गर्न सके तथा स्थानिय सरकार देखि केन्द्रिय सरकाले विभिन्न निति तथा कार्यक्रममा खर्च विनियोजन गर्दै महिनावारीलाई मुख्य एजेण्डाको रुपमा अघि सारि काम गर्नु सरकारको पहिलो प्रथमिकतामा राख्न सक्नु पर्छ तव मात्र छाउँपडि अन्त्यको लागी कोशेढुङ्गा सावित हुने थियो ।

यसरी यी विकल्पहरु लाई सरकारले ससक्त रुपमा प्रयोगमा ल्याउन सकेन भने फेरि अर्की चेलिको जिवन समाप्त भयो अनि इज्जत लुटियो भनेर तपाई हामी मन दुखि बनाउनुको विकल्प हुने छैन । सन्तान प्राप्तिमा खुसि हुने हामी त्यहि सन्तान प्राप्तिमा महिनावारीको भुमिका नै प्रमुख छ भनेर बुझेर महिनावारी भएकोमा गर्व गर्न सके महिलाहरुलाई कत्ति खुशी हुने थियो ।।

 [email protected]

हाम्रो बारे
सम्पादन समूह :विनोद पाण्डे(कमल)
नरेन्द्र ढकाल
सन्तोष अधिकारी
+... थप

© 2016 aamsanchar.com

Designed byappharu.com