Aamsanchar

यूएईमा तनहुँवासी संगठित हुँदै : सडक दुर्घटनामा मृत्यु भएका लामिछानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

Author Image
सोमवार, असार ३२, २०७५

सुर्य खवास/ युएई,

वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा श्रमरत तनहुँवासि नेपालीहरु जिल्लाको सामाजिक, शैक्षिक तथा चौतर्फी विकासमा योगदान गर्ने लक्ष्यका साथ संगठित हुन थालेका छन् ।

यसै शिलशिलामा गत १३ जुलाई २०१८ शुक्रवारका दिन दुबईमा भएको एक भेलाले दिपक खड्काको संयोजकत्वमा १९ सदस्यीय “तनहुँ सेवा समाज यूएई”को तदर्थ समिति समेत गठन गरेको छ । उक्त तदर्थ समितिले आगामी दुई हप्ताभित्र तनहुँबासीहरुको बृहत भेला बोलाएर नयाँ कार्य समिति चयन गर्ने युएईमा कृयाशिल सामाजिक अभियन्ता भेषराज ढकालले जानकारी दिए ।

“तनहुँ सेवा समाज यूएई”को तदर्थ समितिका अन्य सदस्यहरुमा क्रमश: भिम श्रेष्ठ, कृष्ण पन्त, भेषराज ढकाल, कृष्ण आचार्य, महेस श्रेष्ठ, टकबहादुर गुरुङ, अमर रानाभाट, कृस सुनार, भरत दुलाल, हिरालाल श्रेष्ठ, कृष्ण पौडेल, सुरिन भुजेल, बाबुराम भट्टराई, नेत्र लामिछाने, बिष्णु थापा, अपिल भट्टराई, कृष्ण लामिछाने र लिलाप्रसाद भट्टराई रहेका छन ।

यसैगरी गत असार १ गते यूएईमा सडक दुर्घटनामा परि मृत्यु भएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग, तनहुँका गणेश लामिछानेको परिवारलाई एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालको उपस्थितिमा एक कार्यक्रमका बिच मृतक गणेश लामिछानेका नातेदार कृष्ण लामिछानेलाई सहयोग रकम १ लाख ४६ हजार ८ सय १६ रुपैयाँ हस्तान्तरण गरेको छ ।

तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरिएको अभियानका संयोजक हिरालाल श्रेष्ठले जानकारी दिएका छन् ।

सन् २०१४ मा युएईमा रोजगारीको सिलसिलामा युुुुएई

आएका लामिछाने टेकमार्ट जेबल अली कम्पनीमा कार्यरत थिए । सडक पार गर्ने क्रममा दुर्घटनामा परि उनको मृत्यु भएको थियो ।

अविवाहित लामिछानेको घरमा सुस्त मनिस्थितिका एक दाजु र एकजना १४ वर्षको नाबालक भाइ रहेका छन । मृतक लामिछानेको शवलाई यस अघि नै नेपाल पठाइ सकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर