Aamsanchar

युएईमा कार्यरत ईलामका नरेन्द्रले पाए एक किलो सुन उपहार

Author Image
मङ्गलवार, साउन १, २०७५

सुर्य खवास/युएई,

रोजगारिका शिलशिलामा युएईमा कार्यरत इलामको सन्दकपुर गाँउपालिका जमुना घर भएका नरेन्द्र मगरले यहाँको एक मनी एक्सचेन्जबाट पैसा पठाउँदा एक किलो सुन उपहार पाएका छन् ।

अल अहलिया एक्सचेन्जले आफू मार्फत पैसा पठाउनेहरुकालागी संचालन गरेको “समर सर्प्राईज-२०१८” मा राखेका विभिन्न पुरस्कार मध्ये मेघा ड्र मा उनले उक्त पुरस्कार पाएका हुन ।

आइतबार आबुधाबीको इलेक्ट्रा शाखामा स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितिमा कम्प्युटर प्रणाली मार्फत खोलिएको लक्की ड्र मा नरेन्द्रलाई उक्त उपहार परेको एक्सचेञ्जका अपरेसन हेड कमल सुब्बाले जानकारि दिनुभयो ।

नरेन्द्रलाई एक केजि सुन उपहार परेपनी उनले उक्त सुन नेपाल लैजान वर्तमान कानुनी प्रवधानले गर्दा लैजान भने पाउने छैन्न । त्यसैले लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार उनलाई नगद एक लाख ५० हजार २५० दिर्हाम (४४ लाख ७८ हजार ९५२ रुपैयाँ ) प्रदान गरिने अल अहलिया एक्सचेन्जले जानकारी दिएको छ ।

बुवा आमा र दुई दिदी बहिनी सहितको परिवारका एकमात्रै छोरा नरेन्द्र सन् २०१६ को डिसेम्बरमा उनी काठमाडौंस्थित रिभर मेनपावर मार्फत युएई आएका उनि ट्रान्सगार्ड कम्पनीमा वेटर पदमा कार्यरत थिए ।

अहलिया एक्सचेन्जले यसअघि पनि विभिन्न समयमा राखेको अफरमा नेपालीले उपहार पाएका छन् । सन् २०१३ मा अर्का नेपाली रामबहादुर कटुवालले एक लाख दिर्हाम उपहार पाउनु भएको थियो भने गत फागुनमा स्याङ्जाका छविलाल दर्जीले ४० हजार दिर्हाम पाउनु भएको थियो ।

परदेशमा दुःख गरेर कमाएको पैसा वैधानिक बाटोबाट नेपाल पठाउँदा धेरैले फाइदा पाएका छन् ।त्यसैले यहाँ कार्यरत नेपालीहरुलाई वैधानिक बाटोबाट रकम पठाउन सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले आग्रह गर्नु भयो ।

एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले निम्न आम्दानी भएकाहरुले सधै वैध बाटो अपनाउने गरेपनी धेरै आम्दानी हुनेहरु साथै प्रतिष्ठित र सचेत मानिएकाहरु नै अवैधानिक बाटोबाट रकम पठाउने गरेको बताउनु हुँदै सबैलाई सुरक्षित रुपले वैधानिक बाटो अपनाउन अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर