Aamsanchar

विश्वकपको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्नेहरुलाई १५ दिन जेल र ३ वर्ष प्रतिबन्ध

Author Image
मङ्गलवार, साउन १, २०७५

काठमाण्डौं ।

मस्कोको एउटा अदालतले विश्वकप फुटबलको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जनालाई १५ दिनको जेल सजाय सुनाएको छ ।

लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच खेल भैरहँदा प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश केही बेर खेल रोकिएको थियो ।

मैदान प्रवेश गरेको केही समयपछि प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ ले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको थियो ।

मैदानमा प्रवेश गर्ने व्यक्तिहरु पुस्सी रायट समूहका भेरोनिका निकुल्सिना, ओल्गा पाक्तुसोभा, ओल्गा कुराच्योवा तथा प्योट्र भर्जिलोव रहेको जनाइएको छ । चारै जनालाई १५ दिनको जेल सजायका साथै तीन वर्षसम्म कुनै पनि खेलकुद समारोहमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । एजेन्सी ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)