Aamsanchar

डा. केसीको जीवनरक्षाको माग

Author Image
मङ्गलवार, साउन १, २०७५

काठमाडौँ,

प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई आग्रह गर्नुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गर्नुभएका केसीलाई कुनै दलसँग जोड्न नहुने बताउनुभयो । उहाँले माथेमा प्रतिवेदनका आधारमा संसद्मा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयकबारे आफ्नो पार्टीको प्रष्ट दृष्टिकोण रहेकाले उक्त प्रतिवेदन तयार पार्ने विज्ञको सुझावलाई काँग्रेसले सम्मान गर्ने बताउनुभयो ।

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डा केसीका माग र चिकित्सा शिक्षा विधेयकलाई संसद्मा छलफलको क्रममा लैजानुपर्ने बताउनुभयो । उहाँले शुरुमा उहाँको ज्यान बचाउनुपर्नेमा जोड दिनुभयो । काँग्रेसले संसद् अवरोध गरेर गल्ती गरेको उहाँको भनाइ थियो । केसीका केही माग सच्चाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले अनशनरत डा केसीको जीवनरक्षाको माग गर्दै सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्ने बताउनुभयो । केसीले उठाएका जायज माग पूरा हुनुपर्ने र केही मागबारे केसीलेसमेत विचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर