Aamsanchar

अलबिदा मेयर सा’ब,धरान एकाएक शोकमा डुब्यो

Author Image
मङ्गलवार, साउन १, २०७५

धरान ।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर सुब्बाको मंगलबार दिउँसो निधन भएको हो ।

पहिल्यै नै मृगौला प्रत्यारोपण गरेका सुब्बा छातीमा निमोनियाको इन्फेक्सनका कारण निधन भएको परिवार स्रोतले जानकारी दिए । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।

गत वर्ष तत्कालिन नेकपा (एमाले)बाट सुब्बा मेयर निर्वाचित भएका थिए । पछिल्ला दिनहरुमा उनी आर्थिक वर्षका कारण निकै धपेडीमा रहेको थिए । धरानमा चम्किइरहने तारा झै रहेका सुब्बा अन्तत धरान बनाउने सपना अाफ्नाेलागी अधुरै छाेडेर गए ।

काे हुन् सुब्बा ?

तेह्रथुमको खाम्लालुङमा १८ माघ ०२३ सालमा जन्मिएका सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए। तेह्र वर्षको उमेरमा अध्ययन गर्न झापाको गोलधाप झरेका उनी पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलनदेखि नै राजनीतिमा सकृय थिए। २०३७ सालमा उच्च शिक्षा अध्ययन गर्न धरान आएका सुब्बा त्यसपछि धरानका स्थायी बासिन्दा मात्र नभएर कम्युनिष्ट राजनीतिमा सक्रिय हुदै २०७५ असार १४ गते मेयरमा निर्वाचित भएका थिए।

२०४० सालमै अनेरास्वयवियु धरान नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा सक्रिय रहि तत्कािलन  प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सकृय भर्इ संघको नगर कमिटि पछि जिल्ला कमिटि संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बने।

२०४८ सालदेखि एमालेको धरान नगर कमिटी सदस्य बनेका उनी त्यसयता निरन्तर नगर कमिटिमा बिशेष पदीय जिम्मेवारीमा थिए। २०६२/०६३ को जनआन्दोलनपछि उनले सचिवको कार्यकारी पद सम्हालेका सुब्बा पार्टीमा नगर सदस्य हुदै उपसचिव, कार्यवाहक सचिव, सचिव हुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि तीन कार्यकाल अध्यक्ष बने ।

२०५१ सालमा नेकपा एमालेले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाउदा सुब्बाले खेलकुद विकास समिति सुनसरीमा कार्यकारी पद सचिवमा नियुक्ती पाएका थिए भने २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्य जितेर जिविस सुनसरीमा इलाका नम्बर २ बाट सदस्य पनि चुनिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर