Aamsanchar

सन् २०२२ मा हुने विश्वकप फुटबलको सुरक्षा नेपालीले गर्न कतारले राख्यो यस्तो प्रस्ताव !

Author Image
मङ्गलवार, साउन १, २०७५

काठमाडौं ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको सुरक्षा नेपालीके गर्न पाउने भएका छन्।नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले आज गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेट गर्दै यस्तो प्रस्ताव राखेका हुन् ।

विश्वकप फुटबलको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजान गर्न पनि कतार सरकार तयार रहेको राजदूत मोहम्मदले बताएका छन् ।गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सरकार सकारात्मक भएको जवाफ दिएका थिए।

भेटवार्ताकै क्रममा गृहमन्त्री थापाले कतारमा रहेका नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका छन् ।-ओएस नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर