Aamsanchar

कण्डम प्रयोग गर्दा ध्यान दिनै पर्ने ७ कुरा

Author Image
मङ्गलवार, साउन १, २०७५

एजेन्सी ।

Beauty

कण्डम सुरक्षित यौन सम्पर्कका लागि अत्यावश्यक चिज हो । कण्डमको प्रयोगले मानिसहरुलाई अनावश्यक गर्भधारण मात्र होइन यौनजन्य रोगबाट पनि बचाउँछ ।

तर कण्डम कसरी लगाउने भन्ने चाँहि धेरैलाई राम्रो जानकारी हुँदैन ।

१ शुरुमा कण्डमको प्याकेटबाट कण्डोमलाई छेउँ तर्फ धकेल्नुस् । यसो गर्दा कण्डम फुट्ने खतरा रहँदैन । यसमा हावाका फोका छन् कि छैन हेर्नुस् । यदि हावाका फोका छन् भने कण्डोम ठिक छ । यदि छैनन् भने कण्डम फुटेको हुन सक्छ ।

२ कण्डम निकाल्दा दाँत वा कैँची जस्ता धारिला बस्तुको प्रयोग कहिल्यै पनि नगर्नुस् । यसले कण्डोम फुट्ने सम्भावना बढी हुन्छ । कण्डोमलाई २ छेउँमा समातेर लिङ्ग प्रवेश गराउनु पर्छ अन्यता यो उल्टो पर्‍यो भने तपाइँलाई चिल्लो पनाको अभावमा समस्या हुन्छ ।

३ यौन सम्पर्क गर्दा कण्डमको पछिल्लो केही भाग बाहिरै देखिएको हुनु पर्छ अन्यता कण्डम भित्र अड्किने र गर्भ रहने डर हुन्छ ।

४ कण्डमको टुप्पोमा च्याँप्नु भो भने यसमा रहेको हावा बाहिर जान्छ अनि मात्र लिङ्ग प्रवेश गराउनु पर्छ ।

५ कण्डम प्रयोग गरेपछि शौचालयमा कहिल्यै पनि नहाल्नुस् । यसो गर्दा ट्वाइलेट जाम हुने खतरा हुन्छ ।

६ कण्डमको पुनः प्रयोग कहिल्यै पनि नगर्नुस् ।

७ कण्डमको प्याकेटमा सँधै उत्पादन मिति हेर्नुस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)