Aamsanchar

हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै बीजेपी कार्यकर्ताले स्वामी अग्निवेशको यो हाल बनाए

Author Image
बुधवार, साउन २, २०७५

एजेन्सी ।

सामाजिक कार्यकर्ता स्वामी अग्निेवेशलाई भारतीय जनता पार्टी (बीजेपी) को भातृ संगठन भारतीय जनता युवा मोर्चा (भाजयुमो) तथा अखिल भारतीय विद्यार्थी परिषद(एबीभीपी) का कार्यकताले कुटपिट गरेका छन् ।

उनीहरुले अग्निवेशको कपडा पनि च्यातिदिएका छन् । स्वामी अग्निवेश मंगलबार लिट्टीपारमा आयोजित एक कार्यक्रममा सहभागी हुन झारखण्डको पाकुड पुगेका थिए ।

अग्निेवेशका अनुसार कार्यक्रमस्थलबाट बाहिर आउनेबित्तिकै उनीमाथि भाजयुमो र एबीभीपीका कार्यकर्ताले आक्रमण गरेका थिए । उनीमाथि हिन्दूविरोधी अभिव्यक्ति दिएको भन्दै आक्रमण भएको थियो । ‘मलाई लाग्थ्यो झारखण्डत शान्तिपूर्ण राज्य होला, तर यो घटनापछि मेरो विचार परिवर्तन भएको छ ।’

केही समय पहिले अग्निवेशले सनातन धर्मबारे दिएको अभिव्यक्तिलाई लिएर केही संगठन आक्रोशित थिए । भारतीय सर्वोच्च अदालतले भारतीय लोकतन्त्रमा भीडतन्त्रको कुनै स्थान छैन भन्दै हिंसाको निन्दा गरेको केही समयपछि मात्रै यो घटना घटेको थियो ।

झारखण्डका मुख्यमन्त्री रघुबर दासले घटनाको छानबिन गर्न आदेश दिएका छन् । बँधुवा मजदुरको मुक्तिका लागि आवाज उठाउँदै आएका स्वामी अग्निेवेश समाज सुधारका कार्यहरुमा लाग्दै आएका छन् । सन् १९७० को दशकमा उनी हरियाणा राज्यको मन्त्री बनेका थिए । त्यसपछि भने उनी राजनीति छाडेर समाजसेवामा लागेका थिए ।

अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनमा पनि अग्निवेशले सक्रिय भूमिका खेलेका थिए । केही समय यता भारतमा धार्मिक अहिष्णुता बढ्दै गएको देखिन्छ । -उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर