Aamsanchar

अविरल वर्षाको कारण पहिरामा परी चार जनाको मृत्यु

Author Image
बुधवार, साउन २, २०७५

पोखरा, 

गण्डकी प्रदेशअन्तर्गत गोरखा र पर्वत जिल्लामा अविरल वर्षाको कारण पहिरामा परी चार जनाको मृत्यु भएको छ ।

गोरखाको शहीद लखन गाउँपालिका–६ घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा सुतेका तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही ठाउँ बस्ने २० वर्षीया सरु कुँवर, मृतकको आठ महिने छोरो युनिक र बलबहादुर कुँवरको छोरी ११ वर्षीया प्रवीना रहेका छन् । त्यसैगरी, अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

माथिबाट पहिरो आएर स्थानीयवासी बमबहादुर परियारको घर पुरिँदा १६ वर्षीय विकास परियारको मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर