Aamsanchar

आक्रोसित गाँँउलेले विजुली हाकिमलाई ४ घण्टा घाममा राखे

Author Image
बिहिवार, साउन ३, २०७५

सुरुङ्गा,

विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई विना सुचना लगातार विजुली काटेको भन्दै ४ घण्टा तातो घाममा उभ्याएर सजाय दिएका छन ।
आज विहान ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत हाकिम सहित सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर घाममा निकालेर दिनभर तातो घाममा उभ्याएर सजाय दिएका हुन ।

उनीहरु एसिमा बस्छन हामी सर्बसाधरणलाई रातभर दिनभर लाईन जादा कस्तो हुन्छ भन्ने सवक सिकाउन हाकिमलाई तातो घाममा राखेका हौ , स्थानीयवाशी तथा आन्दोलनकारीमध्येका कवि प्रसाइले भन्नुभयो । गाउलेहरुले विजुली पटकपटक काट्नुको साटो बरु लोडसेडिङ गर्न समेत सुझाव दिएका छन ।

विद्युत प्राधिकरणमा जम्मा भएका सर्वसाधरणले विद्युत आर्पुति नियमित गर , विद्युत काट्नुपहिले पत्रपत्रिका अनलाईमा सुचना गर , लोडसेडिङ मुक्त गर , विद्युतका कारणले विग्रिएका उपकरणको क्षतिपुर्ति दे , विद्युत काउन्टर व्यावस्थित गर लगायातका नारा लगाउदै आक्रोसित भीड विद्युत प्राधिकरण पुगेको थियो ।

प्राधिकरण घेराउका लागि विहिबार विहानैदेखि सुरुङ्गा बजारमा माइकिङ्ग समेत गरिएको थियो । यसरी विद्युत प्राधिकरण घेराउको सुचना प्रकाशन गरेपछि विद्युत प्राधिकरण परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।-कनकाई अनलाईन 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर