Aamsanchar

आइपिएल क्रिकेटमा सट्टेबाजी गर्ने नागराज जेल चलान

Author Image
शुक्रवार, साउन ४, २०७५

काठमाडौँ,

महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ ।

महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनेर रकम ठगी गर्ने नागराजलाई  जेल चलान गरेको हो ।

महाशाखाको टोलीले नागराजले रु दुई करोड ४० लाख ठगी गरेको भन्ने पीडितको निवेदनका आधारमा असार ९ गते पक्राउ गरेको थियो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर