Aamsanchar

‘संविधान विस्तारै सर्वस्वीकार्य हुने चरणमा’

Author Image
शुक्रवार, साउन ४, २०७५

काठमाडौँ, 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले संविधान जारी गर्दा असन्तुष्ट हुनेहरु विस्तारै संविधानकै मातहतमा आउन थालेको बताउनुभएको छ ।

नेपाल कानून व्यवसायी परिषद्ले आज ललितपुरमा आयोजना गरेको २४औँ अधिवक्ताको प्रशिक्षण कार्यक्रममा उहाँले विस्तारै संविधान सबैको स्वीकार्य हुने चरणमा पुगेको बताउँदै भन्नुभयो, “संविधान जारी गर्दा बहिष्कार गरेका राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर प्रतिनिधिसभाका सदस्यलाई संविधानबमोजिम शपथ गराएर संविधानअनुसार चल्नुभएको छ, अब विस्तारै संविधान कार्यान्वयन भएर सर्वस्वीकार्य हुनेछ ।”

भारतमा पनि संविधान स्वीकार गर्नका लागि १० वर्ष लागेको उल्लेख गर्दै उहाँले त्यहाँ १२२ पटक संविधान संशोधन भएर पनि अझै असन्तुष्टि रहेको बताउनुभयो । उहाँले सशक्त आन्दोलन, क्रान्ति र हतियार उठाएर परिवर्तन नहुने बताउँदै जनताको मन जितेर संविधान संशोधन गरी मुलुक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर