Aamsanchar

महँगी र बाढी प्रकोपलगायतका विषयमा ध्यानाकर्षण

Author Image
शुक्रवार, साउन ४, २०७५

पोखरा, 

गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा बढ्दो महँगी र बाढी प्रकोपलगायत समसमायिक बिषयवस्तुवारे सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकको शून्य र विशेष समयमा भाग लिने अधिकांश सदस्यले विभिन्न ठाउँका बाढीपहिरो र बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धिलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसरी ध्यानाकर्षण गराउनेमा इन्द्रलाल सापकोटा, जुनादेवी नेपाली, मेखलाल श्रेष्ठ, मीना गुरुङ, कृष्णबहादुर थापा, विन्दुकुमार थापा, टेकबहादुर घर्ती, मनकुमारी गुरुङ, दीपक कोइराला, ललितकला गुरुङ, राजीव पहारी र विनोद केसी छन् ।

सदस्य कृष्णचन्द्र नेपालीले भृकुटी कागज कारखाना लामो समयदेखि बन्द हुँदा त्यहाँ कार्यरत ३३३ जना मजदुर कर्मचारीले अहिलेसम्म तलब सुविधा पाउन नसकेको उल्लेख गर्दै त्यहाँ रहेका अर्बौं रुपैयाँको ५२ बिगाहा जमीन सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रस्तुत गर्नुभएको प्रदेशसभा सचिवालय व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । अर्को बैठक साउन १३ गते १ः०० बजे बस्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)