Aamsanchar

आठ बर्षमा पनि बनेन स्वास्थ्य केन्द्रको भवन

Author Image
शनिवार, साउन ५, २०७५

दमक।

झापाको दक्षिणी सीमावर्ती गाउँपालिकाको गौरीगञ्जमा निर्माणाधीन रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन ठेकेदारको लापरबाहीका कारण आठ वर्षमा पनि बनेको छैन ।

शुरुवातमा बनेका संरचनाहरु पुराना बनेर भत्कन लाग्ने अवस्था आउँदा समेत भवन निर्माण सम्पन्न नभएको बताइएको छ । १८ महिनामा काम सकेर स्वास्थ्य केन्द्र हस्ताण्तरण गर्ने निर्माण सम्झौतामा उल्लेख भए पनि आठ बर्ष नाघ्न लाग्दा समेत अहिलेसम्म स्वास्थ्य केन्द्रको भवन निर्माण नभएपछि स्थानीयहरुले सहजरुपमा स्वास्थ्य सुविधा पाइरहेका छैनन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तर्गत यो भवन निर्माण अघि बढाएको थियो ।

निर्माण कम्पनीले २०६७ जेठ १४ गते १८ महिनामा काम सक्ने गरी शंकरमाली÷पुष्पाञ्जलि÷ कुन्सालिङ्ग जेभीले संयुक्तरुपमा निर्माणको काम जिम्मा लिएको बताइएको छ । तत्कालीन अवस्थामा तीन करोड ६२ लाख ६३ हजार नौ सय ७८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीहरुमध्ये पुष्पाञ्जलिले उक्त काम सम्पन्न गर्ने गरी काम थालेको थियो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका अनससार सम्झौता अनुसार २०६८ मंसिर १२ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख रहेको छ । स्थानीय सामाजिक अगुवा निरज अग्रवालका अनुसार १५ बेडको स्वास्थ्य केन्द्र अस्पतालको भवन बनाउन थालिएको आठ बर्ष बित्दा समेत नबन्दा समेत कसैको चासो गएको छैन । स्थानीयहरुको स्वास्थ्यको बिषयमा गम्भीर नहुँदा यो अवस्था आएको उनको भनाइ छ ।

गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका अधिकांश बिरामीहरुको उपचारका लागि प्रमुख स्वास्थ्य संस्थाको रुपमा यो रहेको छ । अहिले सामान्य उपचारका लागि समेत २५ किलोमिटर टाढा रहेको दमकमा जानुपर्ने अवस्था रहेको अग्रवालको भनाइ छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका साइड सुपरभाइजर सुरज दाहालका अनुसार पछिल्लो समयमा केही काम शुरु भएको छ ।

करिब ८५ प्रतिशत काम पूरा भएको र अझै १५ प्रतिशत काम बाँकी रहेको उनले बताए । बारम्बाररुपमा निर्माण व्यवसायीहरुलाई छिटो गर्न बताउँदा सुनेको पनि नसुनेको जस्तो गर्ने गरेको उनको दुखेसो रहेको छ । कुन्सालिङ्गका सञ्चालक मिङ्मा शेर्पाले संयुक्तरुपमा काम गर्दा समस्या भएको बताए । शेर्पाले आफूले पाउनुपर्ने रकम पाएमा भदौ महिनाभित्र काम सकेर जिम्मा लगाउने पनि दाबी गरे । एक करोड ५६ लाख रुपैयारु निकासा पाए आफूले भदौ मसान्तसम्म भवन जिम्मा लगाउने उनको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर