Aamsanchar

भगाएर बिहे गर्छु भन्नेलाई नायिका आँचलको यस्तो चुनौती (भिडियोसहित)

Author Image
शनिवार, साउन ५, २०७५

काठमाडौं ।

आँचल शर्मा अहिलेको चल्ती नायिका हुन् । उनी अविवाहित नायिका हुन् । भगाएर बिहे गर्छु भन्ने युवकलाई उनले चुनौती दिएको भिडियो नेपाल ट्रेडिङमा परेको छ ।

सो भिडियोमा नायिका आँचलले आफूलाई बगाएर बिहे गर्न युवकलाई चुनौती दिँदै बोलाएको देखिन्छ । यो वास्तविक जीवनको घटना नभएर गायक समिर आचार्यको ‘हिडने पिच गरिदिन्छु रोड’ बोलको गीतको भिडियोमा देखिएको दृश्य हो ।

अष्ट्रेलिया बस्दै आएको गायक समिर आचार्यको‘ तिमी ‘हिडने पिच गरिदिन्छु रोड’ बोलको शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको दोस्रो दिन शनिबार नै नेपाल ट्रेण्डिङमा परेको हो ।

सो गीतको भिडियोमा लोकप्रिय भारतीय रियलिटी शोका डान्सर सुसान्त खत्री र नायिका आँचल शर्मालाई देखाइएको छ । नेपालमा छायाङकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र साहले निर्देशन गरेका हुन ।गीतलाई राजेन्द्र भट्ट तथा सन्तोष कुमारले शब्द र संगीत दिएका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)