Aamsanchar

विकास बने उत्कृष्ट जेसी

Author Image
शनिवार, साउन ५, २०७५

बिर्तामोड, साउन ५। वीरता जेसीजका तालिम संयोजक विकास बस्नेतलाई जेसी अफ द मन्थ जुनको अवार्ड प्रदान गरिएको छ ।
शनिवार वीरता जेसीजको सचिवालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष एकराज गिरीले तालिम संयोजक बस्नेतलाई उक्त अवार्ड प्रदान गरेका हुन् । तालिम संयोजक बस्नेतको संयोजकत्वमा विभिन्न विषयका उत्कृष्ट तालिम सञ्चालन भएको थियो ।

वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जना जेसीलाई जेसी अफ द मन्थको अवार्ड प्रदान गरिँदै आएको छ । सोही क्रममा जेसी अफ द मन्थ जुन २०१८ बस्नेतलाई प्रदान गरिएको हो । उत्कृष्ट कार्यको कदर र त्यस्तै उत्कृष्ट गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यको थालनी गरिएको महासचिव बिनोद पाण्डेले जानकारी दिए ।

यसअघि जेसी अफ द मन्थ फेब्रुअरी उपाध्यक्ष युवराज कुँवर, मार्चको अवार्ड कार्यकारिणी उपाध्यक्ष मिक्की कार्की, अप्रिलको अवार्ड कोषाध्यक्ष जीवन खड्का र मे को अवार्ड उपाध्यक्ष अशोक चौधरीलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 322

प्रतिक्रिया (०)

सम्बन्धित खबर