Aamsanchar

ताप्लेजुङमा शुक्रबारदेखि विद्युत आपुर्ति ठप्प

Author Image
आइतवार, साउन ६, २०७५

ताप्लेजुङ,

ताप्लेजुङमा शुक्रबार साँझदेखि नै विद्युत आपुर्ति ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । केन्द्रिय प्रशारण लाईन अन्तरगत पाँचथर ताप्लेजुङ खण्डमा आएको खरावीका कारण विद्युत आपुर्ति ठप्प बनेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ताप्लेजुङले बताएको छ ।

विद्युत नुहँदा स्थानीय सर्वसाधरण, उद्योग व्यवसायी साथै सञ्चारमाध्ययमहरु समस्यामा परेका छन् । विद्युतकै भरमा रहेका फर्निचर लगायतका उद्योग व्यवसाय ठप्प रहेका छन् भने सञ्चारमाध्ययमले जेनेरेटरको प्रयोग गर्नु परेको छ ।

यता खरावी पत्ता लगाई मर्मतका लागि सदरमुकामबाट प्राविधिकहरु खटिएको प्राधिकरणले जनाएको छ । ताप्लेजुङमा समय समयमा यसरी विद्युत आपुर्ति ठप्प हुँदै आएको छ । पाँचथर ताप्लेजुङ खण्डमा रहेको पोल तारको दिगो व्यवस्थापन नहुँदा यसरी समस्या आउने गरेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)