Aamsanchar

युएईमा २४ औं विश्व आदिवासी दिवसको तयारी तिब्र

Author Image
आइतवार, साउन ६, २०७५

सुर्य खवास/युएई,

“पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिवासी अडान, पहिचान सहितको संघियताको लागि संसोधन हाम्रो साँझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ युएईको समन्वय तथा आवद्ध ११ वटै जातिय समाजहरुको सहभागितामा ू२४औं आदिवासी दिवसू भव्यताका साथ मनाउन तयारी तिब्र पारिएको छ ।

गत शुक्रवार आवद्ध संस्थाहरुको संस्था प्रमुखहरु सहित सम्पन्न महासंघको बैठकले आगामी १० अगस्टका दिन कार्ल्टन टावर होटलमा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न महासंघका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङको संयोजकत्वमा मुल समिती गठन गरेको महासंघका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिनु भयो ।

उक्त बैठकले कार्यक्रम सफल पार्न विभिन्न विभाग समेत गठन गरि जिम्मेवारी तोकेको छ । जस अनुसार कार्यक्रमको उपसंयोजकमा उपाध्यक्ष सरोज पहाङगो, आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष नर बहादुर सुनुवार , प्रचार प्रसार विभाग प्रमुखमा सनिल घिसिङ तथा प्रायोजन प्रमुखमा क्रमशस् संरक्षक डि आर गुरुङ र अध्यक्ष पासाङ शेर्पा रहनु भएको छ भने उप प्रमुखमा आवद्ध ११ वटै संस्थाका अध्यक्ष तथा महासचिवहरु (पदेन रहने छन । यसैगरि साँस्कृतिक विभाग प्रमुखमा भुवन थापा मगर , स्वयम् सेवक प्रमुखमा टंक थापा मगर तथा अथिति सत्कार विभाग प्रमुखमा राजु गुरूङ रहनु भएको छ ।

कार्यक्रममा महासंघमा आवद्ध ११ वटै जातीय संस्थाहरुको आफ्नो मौलिक पहिचान झल्कने खानाका परिकार , गरगहना, भेषभुषा, विभिन्न सामाग्री तथा आफ्नो जाती सँग सम्बन्धित पुस्तक सहितको स्टल रहने छ । यसैगरी कार्यक्रममा सबैले जातीय संस्थाहरुले आफ्नो मौलिक संस्कृति झल्कने झाँकी प्रस्तुत गरिने छ ।

कार्यक्रममा सम्बन्धित संस्थाको सिफारिसमा प्रत्येक संस्थाबाट आफ्नो समुदायको लागि विशेष योगदान पुर्‍याउनु हुने महिला पुरुष गरि २ जना व्यक्तिलाई सम्मान गरिने छ । यसैगरि कार्यक्रममा उत्कृष्ठ सांस्कृतिक झाँकी, स्टल र आफ्नो जातीय पहिचान झल्कने भेषभुषामा प्रस्तुति दिने एक – एक जना महिला र पुरुषलाई समेत पुरस्कृत गरिने छ भने सोही अवसरमा महासंघले गरेका गतिविधिहरुलाई समाचार संप्रेशण गरि सहयोग गर्नुहुने पत्रकारहरुलाई समेत सम्मान गरिने कार्यक्रमका संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी दिनुभयो ।

विश्व आदिवासी दिवस १९९४ बाट संयुक्त राष्ट्र संघले विश्व भरका आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकाश गर्ने ,उनीहरुको जल, जमिन र प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालनमा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्वीकार गरेको उपलक्ष्यमा विश्व का सबै देशहरुमा आदिवासीहरुले यो दिवस मनाउन थालिएको हो । अगष्ट ९ मा विश्वभर यो दिवस मनाइने भएपनी प्रवासमा भने समय अनुकुल पारेर मनाउने गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर