Aamsanchar

जुम्ला घटनाको अध्ययन गर्न प्रहरीले समिति गठन गर्‍यो

Author Image
सोमवार, साउन ७, २०७५

काठमाडौं ।


गत बिहीबार जु्म्लामा भएको घटनाको छानविन गर्न प्रहरी प्रधानकार्यालयले समिति गठन गरेको छ।

डा गोविन्द केसीको अनशनका क्रममा जुम्लामा भएको झडपको घटनाको विस्तृत अनुसन्धान गर्न प्रधानकार्यालयले छानविन समिति बनाएको हो।

प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्ने जिम्मा ६ नम्बर प्रदेश कर्णालीका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी सुरेशबिक्रम शाहको नेतृत्वमा तीन सदस्सीय समिति गठन गरेको जनाएको छ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापाका अनुसार यो समिति प्रहरीको आन्तरिक प्रयोजनको लागि मात्र गठन गरिएको बताए। समितिले अस्पतालभित्र भएको बल प्रयोगदेखि जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० तपन दाहालले घाइते प्रहरी जवानको मृत्यु भएको भनेर गलत सूचना प्रवाह गरेको घटनाको समेत छानबिन गर्नेछ।

जु्म्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा केसीलाई काठमाडौं ल्याउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपमा प्रहरी जवानको मृत्यु भएको माइकिङ जुम्लाका डिएसपीले नै गरेका थिए। सोही माइकिङका आधारमा संचारमाध्यमहरुमा प्रहरी जवानको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो।–थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर